साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाइटीका

बाटोमा उनीहरूको वातचीत सुन्नेहरू नबुझेर जिस्काउँथे । ती बुढाबुढीहरू पनि मरिमरि हाँस्दथे । अनि रमाइरमाई घर फर्कन्थे।

Nepal Telecom ad

पी पी कोइराला :

“तँ आज घाँस काट्न नजा है डल्ली ? धेरै गलेकी छेस् ।” मालिक्नीले माया गर्दै भनिन् ।
ऊ हाँसी । अनि तल देखाउँदै इशाराले भनीन्, “ऊ पनि जाँदैन ?”
“हैन उ नगए त पशुहरू मर्छन् भोकैले ।” उत्तर दिँदै मालिक्नी तल ओर्लिन् ।

त्यस परिवारमा लगभग पैँसठ्ठी उमेर कटिसकेका दुई बुढा बुढी नोकरीका लागि बस्दथे । बुढा घाँस दाउरा सबै भ्याउँथ्यो । दुधालु गाईको हेरचाहदेखि खेतबारी उसकै भरमा थियो ।

घर भित्रको धन्दामा ती बुढी भान्साका सबै काम सक्थिन् । र मालिक्नीलाई दिनदिनै बेलुका तेल घस्न पनि भ्याउँथिन् । उनको आफ्नो चाहिँ ऐया न आत्था ! घर मालिक स्वर्गे भइसकेकोले बुढीका लागि मालिक्नीकै छेउको कोठामा ओछ्यान पनि राखिदिएको हुन्थ्यो ।

बाहिरबाट हेर्दा दुवैको जीवन आनन्दको देखिन्थ्यो । कहिलेकाहीँ त ती दुवै घाँस काट्न पनि सँगसँगै जान्थे । दुवैले आफ्नो गाउँघरको कुरा गर्न पाउँथे । बाटोमा उनीहरूको वातचित सुन्नेहरू नबुझेर जिस्काउँथे । ती बुढाबुढीहरू पनि मरिमरि हाँस्दथे । अनि रमाइरमाई घर फर्कन्थे।

आज दिउँसो एक्लै घाँस लिएर आएका बुढा भारी बिसाउने बित्तिकै एक्कासी आँगनमा डङ्गै लडे । बुढी हत्तारिँदै तल आइन् र कराइन्, “आँआँ आँईँ ईँ ईँ ईँआँआँ… ! अनि छातीमा घोप्टो परेर आवाजविहीन रुवाई रुन थालिन् ।

मालिक्नी हल्ला सुनेर कुद्दै तल आइन् । बुढा मान्छेको नारी छामिन् । बुढाको प्राण गइसकेको थाहा पाएर सुँकसुँक रुँदै बुढीलाई हेरिन् बुढी पनि चिसी भइसकेकी रहिछिन् ।

भेला भएका छिमेकीहरू मध्ये एउटी वृद्ध महिलाले अर्कीतिर हेर्दै रुन्चे स्वरमा भनिन्, “विचरा ! यी लाटा लाटी दाजुबहिनी हरेक साल भाइटीकामा रम्दै देउसी खेल्न हिँड्थे । टोलै शून्य हुने भो ।”

०००
धरान १३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
0
Would love your thoughts, please comment.x
()
x