साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरिको १७४ औं श्रृङ्खला मुक्तक विशेष

प्रतिष्ठानका अध्यक्ष अधिकारी धड्कनको अध्यक्षता एव विशिष्ठ साहित्यकार डा.रत्नमणि नेपालकाे प्रमुख आतिथ्यमा १७४ औं श्रृङ्खला मुक्तक विशेष सम्पन्न भयाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८० फागुन २ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष अधिकारी धड्कनको अध्यक्षता एव विशिष्ठ साहित्यकार डा.रत्नमणि नेपालकाे प्रमुख आतिथ्यमा १७४ औं श्रृङ्खला मुक्तक विशेष सम्पन्न भयाे ।

कार्यक्रममा मन्तव्य दिनु हुँदै डा.रत्नमणि नेपालले आज धेरै पछि गुणस्तरिय जमघटमा करुणा, प्रेमले भरिपूर्ण बहु आयामिक विषय समेटिएका रचना सुनेर यो समय उर्जनशील भएकाे बताउनु भयाे ।

मेरो बुझाईमा मुक्तक शिकारुहरुले लेख्ने भन्ने थियो तर होइन रहेछ, मुक्तक पनि कविताको ध्वनि जत्तिकै शक्तिशाली हुने रहेछ भन्ने महसुस गर्न पाएँ भन्नु हुँदै जसरी दनार्दन धड्कनले नेपाली माटोमै खोरिया पर्वतन गर्नु भयो त्यसै गरि प्रणय दिवस पनि हाम्रै परम्पराबाट खोजी गरेर मनाउनु राम्रो हुन्छ भन्नु भयो ।

वरिष्ठ साहित्यकार कलानिधि दाहाल, जगदीश्वर पोखरेलले चन्द्रागिरि साहित्यको प्रविधि मैत्री कार्यक्रम अन्तराष्ट्रिय बनेको छ, १७४ औं श्रृङ्खलासम्म पुग्नुमा साँच्चै साहित्यको सेवा हो भन्नु हुँदै शुभकामना दिएर रचना सुनाउनु भयो।

वरिष्ठ साहित्यकार गंगा लिगलले जीवन सुन्दर फूलसँगै तुलना गर्नु हुँदै साहित्यको उचाई सगरमाथा जस्तै हुन्तुछ भन्लदै कविता सुनाउनु भयो

चुडा निर्भिकको सफल उद्घोषणमा भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु लक्ष्मी प्रसाद मिश्र, शुरेश घिमिरे, तेजप्रसाद खनाल, उत्तम भेटवाल, टेकप्रसाद खनाल, भगवती दवाडी, घनश्याम पौडेल, झविकला खरेल(मूना), कल्पना दाहाल, अम्विका अधिकारी लगायत १६ जनाले आ-आफ्नो रचना मुक्तक वाचन गर्नु भएकाे थियो ।

प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले अध्यक्षको आसनबाट खोरियाको सैद्धान्तिक अवधारणा प्रस्तुत गर्नु हुँदै खोरिया र मुक्तक वाचनका गरी प्रमुख अतिथि रत्नमणी नेपाल लगायत सम्पूर्ण साहित्यकारहरूमा धन्यवाद सहित कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

०००
– धड्कनद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x