साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झापाका चार विशिष्ट स्रष्टाहरू सम्मानित

वर्ष उत्कृष्ट कृतिकारको रूपमा होम सुवेदी, दीर्घ साहित्यसेवीका रूपमा पुण्यप्रसाद खरेल, महिला उत्कृष्ट पत्रकारको रूपमा ज्योत्स्ना श्रेष्ठ, फरक क्षमताका पदम अधिकारीलाई पुरस्कृत गरेको हाे ।

Nepal Telecom ad

झापा, २०८० फागुन ५ । जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवाकोषले झापाका विशिष्ट स्रष्टाहरूलाई सम्मानित गरेकाे छ ।

काेषले एक समाराेहका बीच वर्ष उत्कृष्ट कृतिकारको रूपमा होम सुवेदी, दीर्घ साहित्यसेवीका रूपमा पुण्यप्रसाद खरेल, महिला उत्कृष्ट पत्रकारको रूपमा ज्योत्स्ना श्रेष्ठ, फरक क्षमताका पदम अधिकारीलाई पुरस्कृत गरेको हाे ।

कार्यक्रम स्वस्तिका आचार्य सिटौलाको सन्चालनमा भएको कार्यक्रममा साहित्यकार हाेम सुवेदीकाे कृति छताछुल्लकाे सामुहिक लाेकार्पण समेत गरिएकाे थियाे ।

कार्यक्रम संस्थाकै सभाकक्षमा सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईंको अध्यक्ष्यतामा, संस्थाका संरक्षक खगेन्द्र प्रसाईं, प्रसिद्ध भाषाशास्त्री साहित्यकार गुरु चूडामणि रेग्मी, डा. गाेविन्दराज भट्टराई, विद्वान मोहन भण्डारी, प्रसिद्ध साहित्यकार कोमलप्रसाद पोखरेल, विर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं र सरोज ओलीको विशिष्ट आतिथ्यमा सम्पन्न भएकाे थियाे ।

समाराेहमा उपिस्थत प्रसिद्ध साहित्यकार विद्वान व्यक्तिहरू चूडामणि रेग्मी, मोहन भण्डारी, कोमलप्रसाद पोखरेल, सरोज ओली यस संस्थाबाट दीर्घसाहित्यसेवीका रूपमा सम्मानित भइसक्नुभएको हो ।

हरेक वर्ष काेषले सम्मान र पुरस्कार प्रदान गर्दै आएकाे छ । यसबाट पुरस्कृत र सम्मानित हुने व्यक्तिले पनि आफू गौरवान्वित भएको बोध गर्ने गरेका छन् ।

हरेक वर्ष वर्ष उत्कृष्ट कृति पुरस्कार, दीर्घ साहित्यसेवी पुरस्कार, उत्कृष्ट महिला पत्रकार पुरस्कार तथा फरक क्षमता भएका उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान गर्दै साहित्य क्षेत्र र अन्य क्षेत्रको समेत सम्वर्द्धन र प्रवर्द्धन गर्दैछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x