साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झण्डाः वितण्डा

कालो कोट भए झण्डा, तराजु कोल्टे पार्दछ, पेटिकोट छिरे झण्डा, करोडौँ झ्वाम्म पार्दछ । कस्तो ज्याद्रो भयो झन्डा, लाठी बुट चलाउँछ, लास माथी चढे झण्डा, दशलाख गनाउँछ ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

डण्डाको भर हो झण्डा, हावामा फहराउँछ
अण्डाको द्वार हो झण्डा, सुनै सुन गिराउँछ

तारा बोकेर झण्डाले, हँसिया घन ढुक्दछ
झण्डाकै भरमा झण्डा, चोक सडक भुक्दछ ।

तेरो मेरो भानी झण्डा, भाग बण्डा लगाउँछ,
जेलभित्र पसे झण्डा, झण्डाले नै भगाउँछ ।

झेलिको बल हो झण्डा, त्यो भष्मासुर बन्दछ,
खेलोको खेल हो झण्डा, जनता गोल ठान्दछ ।

कार्यालय छिरे झण्डा, कुर्सी नै थर्थराउँछ,
बबुरो मुखिया देख्दा, आगो झैँ भर्भराउँछ ।

निमुखा देखे झण्डाले, कोदो जस्तै भकुर्दछ,
विदेशी पाहुना देख्दा, खरायो झैँ दगुर्दछ ।

खान्छ जहाज झण्डाले, झोल तान्छ फलामको,
फुलिवाला भेटे झण्डा, बाढी माग्छ सलामको ।

झन्डाकै भरमा पर्दा, पशुपती भए पशु,
सुन पित्तल चिन्दैन, ढुङ्गाकै मुर्ती भै बसुँ ।

घण्टी भेट्यो भने झण्डा, बिरालो साधु बन्दछ,
भुइँमान्छे भेटे झण्डा, मुसा डुहुरा गन्दछ ।

कालो कोट भए झण्डा, तराजु कोल्टे पार्दछ,
पेटिकोट छिरे झण्डा, करोडौँ झ्वाम्म पार्दछ ।

कस्तो ज्याद्रो भयो झन्डा, लाठी बुट चलाउँछ,
लास माथि चढे झण्डा, दशलाख गनाउँछ ।

भो भो अति भयो झण्डा, स्यालझैँ भाग्नु पर्दछ,
कच्याक कुचुक्क झण्डाले, थाङ्गनुझैँ लुक्नु पर्दछ ।
२०८०/१०/२१

०००
मैतिदेवी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x