साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘भीमफेदीया’ को कृति ‘सम्झना बिर्सना’ लोकार्पित

सामाजिक विकास समाजको अनामनगर, काठमाडौस्थित भवनमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेसहित मन्चासिन अतिथिहरूले कृतिको लोकार्पण गरेका हुन् ।

Nepal Telecom ad

‘काठमाडाैं, २०८० फागुन ११ । साहित्यिक पत्रकार संघले साहित्यकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’को संस्मरण, कथा-लघुकथा कृति ‘सम्झना बिर्सना’ को लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो ।

सामाजिक विकास समाजको अनामनगर, काठमाडौस्थित भवनमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेसहित मन्चासिन अतिथिहरूले कृतिको लोकार्पण गरेका हुन् ।

स्रष्टा सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ लाई प्रमुख अतिथिले माला लगाएर र साहित्यिक पत्रकार संघका अध्यक्ष कार्यक्रमका सभापति राधेश्याम लेकालीले पुष्पबृष्टि गरी स्रष्टा सम्मान गरेका थिए ।

लोकार्पित पुस्तकबारे समालोचकहरु प्रमोद प्रधान र युवराज मैनालीले कृतिको समीक्षा गरेका थिए ।

सापसका कार्यसमिति सदस्य नियात्राकार डा. दामोदर पुडासैनी ‘किशोर’ले स्वागत गर्नु भएको सो कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि घिमिरे, कृतिका स्रष्टा सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, कथाकार एवं शब्दपथका प्रधान सम्पादक किशोर पहाडी, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, पत्रकार एवम् कथाकार श्रीराम सिंह बस्नेत र लोकार्पित पुस्तकका प्रकाशक भुँडीपुराणका प्रमुख प्रतिनिधि केशव पराजुलीले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरेलाई सापस अध्यक्ष लेकाली र पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले सम्मान गरेका थिए ।

कार्यक्रममा गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, पत्रकार एवं सगरमाथा आरोही कल्पना महर्जनसहित साहित्यकारहरु नरेन्द्रराज पौडेल, पवन आलोक, जयदेव भट्टराई, गायिका मथुरा श्रेष्ठ, गायक संगीतकार नरहरि प्रेमी, शरद प्रधान, विजयध्वज थापा, गीता कार्की, रासा, आलोक चालिसे, नन्दु उप्रेती, विनोद नेपाल, डा. बुनु दाहाल, जयदेव गौतम, निर्मलरमण पराजुली, राजेश खनाल, उषा केसी, राज रजक, गोपीकृष्ण प्रसाईं, डिल्लीरमण सुवेदी, रुद्र अधिकारी, एन बि जनकपुरी, पारु तिमल्सिना, दिव्य गिरी, राजेशमान केसी, मधु पाठक, सुषमा आचार्य, भागवत आचार्य लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम सञ्चालन कवि मुरारि सिग्देलले गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x