साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्माेत्सवकाे अवसरमा चट्याङ मास्टरलाई सम्मानित गरियाे

समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलको सभापतितित्वमा महाकाव्याकार चन्द्रप्रसाद न्यौपानेज्यूको प्रमुख आतिथ्यमा सर्जक स्रष्टा र साहित्यिक व्यक्तित्वका माझ अभिनन्दन  तथा शुभकामना प्रदान गरियाे ।

Nepal Telecom ad

भक्तपुर, २०८० फागुन १४ । भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको संयुक्त आयोजनामा सम्पन्न समाराेहमा वरिष्ठ हास्य व्यङ्ग्यकार चट्याङ मास्टरलाई सम्मानित गरियाे ।

अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारी भक्तपुरमा हास्यव्यङ्ग्यकार तथा नेपाल लगायत विश्वभरिका वृद्धवृद्धाका हक हित अधिकार र समस्याका विषयमा सशक्त रूपले क्रियाशील रहनुभएका आदरणीय व्यक्तित्व कृष्णमुरारि गौतम चट्याङ मास्टरलाई सम्मानित गरिएकाे हाे ।

चट्याङ मास्टरकाे एकहत्तरौँ शुभजन्मोत्सवकाेअवसर पारेर समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलको सभापतितित्वमा र वृहत्तर महाकाव्याकार आदरणीय व्यक्तित्व चन्द्रप्रसाद न्यौपानेज्यूको प्रमुख आतिथ्यमा सर्जक स्रष्टा र साहित्यिक व्यक्तित्वका माझ भव्यसँगले वहाँलाई अभिनन्दन सम्मान बधाई शुभकामना दिँदै सम्पन्न गरियो ।

समाजकी कोषाध्यक्ष वसन्ती भुजेलले स्वागत मन्तव्य राख्नु भएपछि अनुशीलन नेपालका अध्यक्ष तथा भक्तपुर बुढ्यौली साहित्य समाजका सचिव जीवनाथ अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा डा. इन्दुल केसी खोलाघरे साहिँलो र रवि सुवाल अतिथि रहनुभएको थियो । कार्यक्रमको टिप्पणीकार हुनुहुन्थ्यो खोलाघरे साइँलो ।

शहीदहरूप्रति मौनधारण गरी राष्ट्रिय गान गाएपछि पानसमा बत्ती बाली प्रमुख अतिथिज्यूले कार्यक्रम सुभारम्भ गरेर सिधै विभिन्न सर्जकज्यूहरूका कविता गीत गजल मुक्तक आदिबाट चट्याङ मास्टरज्यूलाई शुभकामना समेत प्रस्तुत गरिए ।

शुभकामना र रचनावाचन गर्नुहुने साहित्यकारू क्रमशः विश्वनाथ ढुङेल, विध्या अनामिका तिवारी, भावना न्यौपाने, राजेन्द्रकुमार वज्राचार्य, पदम दाहाल, प्रजापति तिंसिना, जयनारायण नेपाल, तुलसीहरि प्रजापति, चूडाप्रसाद चौलागाईं, ढुण्डीराज पोख्रेल, बि.के माकाजू, लालबहादुर भुजेल, एम पी पाण्डे, पूजन मिश्र,कृष्णप्रसाद पौडेल, श्याम माकाजू, वसन्ती भुजेल, जानुका गुरागाईँ, गुरु चिरञ्जीवी सिग्देल, सिकारु राम, कल्पना भट्टराई, सावित्री खड्का, रत्ननिधि रेग्मी शुक्राचार्य, डा. इन्दुल केसी, टीका श्रेष्ठ र कविराज घिमिरेबाट शुभकामना र सारगर्भित रचनाहरू प्रस्तुत गरिए ।

टिप्पणीकार खोलाघरे साइँलोबाट विस्तृत रूपमा सटीक टिप्पणी पश्चात् समाजका सल्लाहकार शङ्कर मानन्धरबाट छोटो मन्तव्यपछि अतिथि विद्यालयका प्रिन्सिपल रवि सुवालले कार्यक्रमबाट आफू प्रभावित बनेको र आउने दिनमा पनि यथासक्य सहयोग गर्ने भन्दै चट्याङ मास्टरलाई मायाको चिनो प्रदान गर्नु भयो ।

त्यसपछि प्रमुख अतिथिज्यूलाई समाजका अध्यक्ष कविराज घिमिरेबाट पनि मायाको चिनो हस्तान्तरण गरियो । आजका प्रमुख अतिथिज्यूबाट साहित्यिक क्षेत्रमा लागेका साहित्यकारहरूका विविध पाटा सम्हालेर इतिहास लेखिसकेको पुनः लोकभाखासँग सम्बन्धित सामग्री समेत बटुल्दै गरेको र सबैलाई सक्रियता मिलोस् भनी कामना गर्दै आफ्नो हातबाट चट्याङ मास्टरलाई सम्मान गर्न पाउँदा हर्षित बनेको बताउनु भयो ।

यसपछि सबैलाई धन्यवाद दिँदै समाराेहका सभापतिले कार्यकम अन्त्य गर्नुभयो ।

यौटा फूल फुल्यो बडो गजबको त्यो चौधको फागुन ।
आमाको मन दिव्य हर्षित बनी नाच्तै थियो आँगन ।।
श्री नारायण हुन् पिता मृदुमयी ती भीम आमा पनि ।
बाँचेका अझ छन् यही भुवनमा स्वर्गीय हुन् ता पनि ।।१

भन्छन् कृष्णमुरारि गौतम यिनै हुन् है तिनै बालक ।
बाँकी के अब गर्न छन् र अहिले छन् वृद्धका पालक ।।
घुम्छन् विश्व बुढाबुढी सकलको छानो बनी दैनिक ।
यी हुन् हास्य जगत् दिलाउन सिकी ल्याई दिने रौनक ।।२

खान्छन् क्वाप्प सरक्क निल्न मुखमा हाल्छन् छ जो दुर्जन ।
राख्छन् छेउ सदैव अमृत बनी रम्छन् सबै सज्जन ।।
चढ्दै छन् अब एकहक्तर वय लाग्छन् अझै यी ठिटा ।
दाह्री चट्ट हँसाइला रहरिला के हुन् तिता यी मिठा ।।३

बेला हो यिनको धमाधम अहो ! भारी पुरस्कारले ।
दिन्छन् ज्ञापन आजभोलि दिनऔँ उत्पन्न सम्मानले ।।
लाग्छन् कोमलझैँ चट्याङ जहिले बन्छन् सधैँ मास्टर ।
कैँची नै नलिएर काट्न कसिने के बन्दथे डाक्टर ।।४

पाऔँ जन्म मनाउने शुभघडी आघौँ पराघौँ सधैँ ।
बाँचे यी सयवर्ष उत्तर अरू क्या काइदा हुन्छ नै ।।
भागुन् रोग अतालिँदै परपरै टिक्नै नसक्ने गरी ।
बाँच्नैपर्छ चट्याङ मास्टर तिमी लेख्तै बुढ्यौली खरी ।।५

०००
– कविराज घिमिरेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x