
तीन ठोक्तक
कलियुगमा नाग भनेर सर्प पालेका छन् । दिनदिनै उसैलाई धुप-बत्ती बालेका छन् ॥ गुणगानको चर्चा छ है आफ्नो घाँटी सुकाएर । नाम- पद उसैलाई आफूलाई त मारेका छन् ॥

गायत्री परिरोशनी :
१.
सोझो औँलाले घिउ आउँदैन साथी जाने हुन्छ ।
आफूलाई फाइदा आउने सबै कुरा माने हुन्छ ॥
अनगिन्ती पाइन्छन् है शक्ति फल्ने स्रोतहरू ।
कमिसन कुनमा बढी आउँछ मज्जाले छाने हुन्छ ॥
२.
कलियुगमा नाग भनेर सर्प पालेका छन् ।
दिनदिनै उसैलाई धुप-बत्ती बालेका छन् ॥
गुणगानको चर्चा छ है आफ्नो घाँटी सुकाएर ।
नाम- पद उसैलाई आफूलाई त मारेका छन् ॥
३.
सबैभन्दा उत्कृष्ट त नेतृत्वको जात हुन्छ ।
पत्रैपत्रा अहँम अनि घमण्डको खात हुन्छ ॥
विकास फल्ने बोली- युरोप अनि अमेरिका ।
सबैभन्दा चुरो कुरो सधैँ राष्ट्रघात हुन्छ ॥
०००
स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest