साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्ट विवेक

कृपा मायाँ खोजी जिउन नपरोस् भिक्षुक बनी पहेँलो खास्टाको वसन नरहोस् धार्मिक भनी । अरूले जे भन्छन् त्यस किसिमको मान्नु छ किन विवेकभ्रष्टानां भवति विनिपातः शतमुखः ॥

Nepal Telecom ad

हृषीकेश बराल :

भयो साह्रै धोका सकल जनमा व्यर्थ अहिले
व्यथा पीडा खप्ने अब त कसरी रुष्ट भइयो ।
चिनारी साट्नाले महिषसित छन् लज्जित सब
विवेकभ्रष्टानां भवति विनिपातः शतमुखः ॥१

गलैँचा ओछ्याई बिच सडकमा नृत्य गरियो
घृणा हेलाँ गर्दा सकल घरको इज्जत गयो ।
बुझेनन् मर्यादा कदर नहुँदा लाग्छ शरम
विवेकभ्रष्टानां भवति विनिपातः शतमुखः॥२

घरैमा आएका अतिथि भनियोस् मान गरियोस्
कतै आफू जाँदा अनुभव छ के याद पनि होस् ।
अरूलाई हेप्ने नियत छ भने छाड्नु छ अब
विवेक भ्रष्टानां भवति विनिपातः शतमुखः ॥३

धनी होलान् कोही विकसित रहून् जे पनि हऊन्
डराई पुज्दैनन् शठ अरि कुनै मद्दत दिऊन् ।
महान् हुन्नन् कोही धन र बलले बुझ्नु छ सत
विवेकभ्रष्टानां भवति विनिपातः शतमुखः ॥४

कृपा मायाँ खोजी जिउन नपरोस् भिक्षुक बनी
पहेँलो खास्टाको वसन नरहोस् धार्मिक भनी ।
अरूले जे भन्छन् त्यस किसिमको मान्नु छ किन
विवेकभ्रष्टानां भवति विनिपातः शतमुखः ॥५

अरूले हेपेको सहन नसकी क्रोध भरियो
विचार्नू आइन्दा कदर गरियोस् ज्ञान दिइयो ।
भयो दाता भन्दै प्रभु शिव उही बन्छ र अब
विवेकभ्रष्टानां भवति विनिपातः शतमुखः ॥६

०००
पोखरा -२६ कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x