सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भ्रष्ट विवेक

कृपा मायाँ खोजी जिउन नपरोस् भिक्षुक बनी पहेँलो खास्टाको वसन नरहोस् धार्मिक भनी । अरूले जे भन्छन् त्यस किसिमको मान्नु छ किन विवेकभ्रष्टानां भवति विनिपातः शतमुखः ॥

Nepal Telecom ad

हृषीकेश बराल :

भयो साह्रै धोका सकल जनमा व्यर्थ अहिले
व्यथा पीडा खप्ने अब त कसरी रुष्ट भइयो ।
चिनारी साट्नाले महिषसित छन् लज्जित सब
विवेकभ्रष्टानां भवति विनिपातः शतमुखः ॥१

गलैँचा ओछ्याई बिच सडकमा नृत्य गरियो
घृणा हेलाँ गर्दा सकल घरको इज्जत गयो ।
बुझेनन् मर्यादा कदर नहुँदा लाग्छ शरम
विवेकभ्रष्टानां भवति विनिपातः शतमुखः॥२

घरैमा आएका अतिथि भनियोस् मान गरियोस्
कतै आफू जाँदा अनुभव छ के याद पनि होस् ।
अरूलाई हेप्ने नियत छ भने छाड्नु छ अब
विवेक भ्रष्टानां भवति विनिपातः शतमुखः ॥३

धनी होलान् कोही विकसित रहून् जे पनि हऊन्
डराई पुज्दैनन् शठ अरि कुनै मद्दत दिऊन् ।
महान् हुन्नन् कोही धन र बलले बुझ्नु छ सत
विवेकभ्रष्टानां भवति विनिपातः शतमुखः ॥४

कृपा मायाँ खोजी जिउन नपरोस् भिक्षुक बनी
पहेँलो खास्टाको वसन नरहोस् धार्मिक भनी ।
अरूले जे भन्छन् त्यस किसिमको मान्नु छ किन
विवेकभ्रष्टानां भवति विनिपातः शतमुखः ॥५

अरूले हेपेको सहन नसकी क्रोध भरियो
विचार्नू आइन्दा कदर गरियोस् ज्ञान दिइयो ।
भयो दाता भन्दै प्रभु शिव उही बन्छ र अब
विवेकभ्रष्टानां भवति विनिपातः शतमुखः ॥६

०००
पोखरा -२६ कास्की ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ढाल्न सक्छु

ढाल्न सक्छु

हृषीकेश बराल
करार गर्छन्

करार गर्छन्

हृषीकेश बराल
कटु- सत्य

कटु- सत्य

हृषीकेश बराल
हालखबर

हालखबर

हृषीकेश बराल
अव्यवस्था

अव्यवस्था

हृषीकेश बराल
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
गुट

गुट

प्रेमदत्त कलाैनी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी
जन्मे फेरि मुसा

जन्मे फेरि मुसा

बिन्दु दहाल ‘मूकदर्शक’