साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सालिक स्थापना दिवसको अवसरमा ‘पारिजात अर्घ्य’ लाेकार्पित

सिलिगुड़ी पारिजात सङ्घका अध्यक्ष बिर्जु सुब्बाकाे अध्यक्षतामा सम्पन्न समाराेहकाे प्रमुख अतिथि लोकनाथ उपाध्याय हुनुहुन्थ्याे । रोहित शर्माद्वारा स्वागत भाषण राखेपश्चात पारिजातको कविता आवृत्ति सुश्री यमुना भट्टराईद्वारा प्रस्तुत गरिएकाे थियो ।

Nepal Telecom ad

सिलिगुडी, भारत ०८० फागुन १५ । प्रसिद्ध नारी हस्ताक्षर पारिजातको १८औं पारिजात सालिक स्थापना दिवसको अवसरमा “पारिजात अर्घ्य” ग्रन्थ लाेकार्पण गरियाे ।

लिम्बु बस्तीस्थित सिलगढी पारिजात सङ्घको आयोजनामा लोकार्पण गरिएकाे हाे । नेपाली युवामञ्चका सम्पादक पारिजात पब्लिक स्कूलका प्राचार्य जितेन पालद्वारा प्रकाशित यस ग्रन्थलाइ वरिष्ठ साहित्यकार, तथा चर्चित हास्यव्यङ्ग्यकार कृष्ण प्रधानद्वारा सम्पादन गरिएको हाे । साथै सिलगढ़ी पारिजात सङ्घका सचिव रोहित शर्मा ग्रन्थका कार्यकारी सम्पादक हुन् ।

सिलिगुड़ी पारिजात सङ्घका अध्यक्ष बिर्जु सुब्बाकाे अध्यक्षतामा सम्पन्न समाराेहकाे प्रमुख अतिथि लोकनाथ उपाध्याय हुनुहुन्थ्याे भने विशिष्ट अतिथिहरूमा नेपालबाट प्रा.डा. हेमनाथ पौड्याल, नारीवादी एवं प्रगतिवादी उपन्यासकार सुश्री रीना सुब्बा, श्रीमती शोभा सुब्बा , प्रा.डा. कृष्णराज घटानी, प्रा.डा. सृजना शर्मा, अभय खालिङ आदिको विशेष उपस्थित रहेको थियो ।

समारोहको प्रथम चरणमा अथिति आशन ग्रहण साथै अतिथि माल्यार्पण गरियो । त्यस पश्चात विशिष्ट नारी अतिथिवर्गबाट क्रमैले भारतबाट पारिजातमाथि शोध गरेर पी. एच. डी. गरेकी नारी हस्ताक्षर डा. सृजना शर्मा अनि सिलिगुडी नगर निगम शिक्षा अनि संस्कृति विभागका एम.एम.आई.सी. सुश्री शोभा सुब्बा अनि सुश्री रीना सुब्बाको बाहुलीबाट पारिजातको प्रतिमामा धुप दीप प्रज्वलन साथै माल्यार्पण गरि कार्यक्रमको शुभारम्भ गरिएकाे थियो ।

सिलिगुडी पारिजात संघका महासचिव रोहित शर्माद्वारा स्वागत भाषण राखेपश्चात पारिजातको कविता आवृत्ति सुश्री यमुना भट्टराईद्वारा प्रस्तुत गरियो । सिलिगुडी पारिजात सालिक प्रतिष्ठा दिवस बारे सम्पूर्ण एतिहासिक विवरण अभय खालिङले अति रोमान्चक ढङ्गले समारोह समकक्ष राख्नु भयो ।

त्यस पश्चात भारतबाट पारिजातमाथि शोध गरेर पी. एच. डी गरेकी नारी हस्ताक्षर डा. सृजना शर्माले आफनो गहन अध्ययनका अनुभवहरु व्यक्त गर्दै पारिजातमाथि आफ्नो व्यापक वार्ता प्रस्तुत गर्नु भयाे ।

समारोहका प्रमुख अतिथि नेपाली साहित्य अकादेमी पुरस्कार प्रापक लोकनाथ चापागाईंद्वारा “पारिजात अर्ध्य” ग्रन्थ आधिकारिक रूपमा लोकार्पण भएको घोषणा गर्नु भयो ।

“पारिजात अर्ध्य” ग्रन्थका सम्पादक श्रीमान् कृष्ण प्रधानद्वारा “पारिजात अर्ध्य”को मुख्य अर्थ खोल्दै उक्त अर्ध्य शब्द भन्नाले “सूर्यलाई जल अर्पित गर्नु हो” अर्थात् उक्त “ग्रन्थ” पारिजातलाई अर्पण गरिएको हो भनि ग्रन्थको नामपछिको अर्थ दर्शकदीर्घालाई स्पष्ट पानुर्भएकाे थियाे ।

पारिजातको सन्दर्भमा बोल्दै रीना सुब्बाले वर्तमानमा विश्वकै चर्चाको विषय समलिङ्गी वर्गलाई समेटिएको नारी केन्द्रित उपन्यास “परिवर्तित अनुहार” बारे पनि बताउनु भयाे ।

त्यसै गरी नेपालबाट आउनु भएका डा. हेमनाथ पौड्यालको उपस्थितिले समारोह गरिमामय बनेकाे पनि उहाँले बताउनु भएकाे थियाे ।

वक्तव्यको क्रममा विशिष्ट अतिथि सुश्री शोभाद्वारा महानगरपालिका तर्फबाट नेपाली साहित्यको उत्थानको निम्ति आफू सदैव अघि आउने र सकभर सहयोग गर्नेछु भनि आफ्नो संकल्प व्यक्त गर्नुका साथै आगामी कतिपय नेपाली साहित्यका विशेष कार्यक्रमहरू नगरपालिकाद्वारा गरिने प्रतिबद्धता जनाउनु भयाे

डा. हेमनाथ पौड्यालले पारिजातका एतिहासिक पक्षहरू राख्दै नेपाल सँगसगै भारतले पनि नेपाली साहित्यलाई एक अलग्गै उचाईमा लगिरहेको बताउनु भयाे । । भारतीय नेपाली साहित्यमा सहि शाब्दिक अर्थहरू प्रयोगमा ल्याएको बताउँदै पौड्यालले पारिजातको १८ औं पारिजात सालिक स्थापना दिवस अनि समारोहको अवसरमा लोकार्पित ग्रन्थ “पारिजात अर्ध्य” का प्रकाशक जितेन पाल, सम्पादक कृष्ण प्रधान अनि कार्यकारी सम्पादक रोहित शर्मालाई शुभकामना सहित बधाई दिँदै पारिजात अर्ध्य ग्रन्थको नाम अत्यन्त उत्कृष्ट रहेको उल्लेख गर्नु भयाे ।

प्रकाशक जितेन्द्र पालद्वारा पारिजात अर्ध्य ग्रन्थका सम्पादक कृष्ण प्रधान, कार्यकारी सम्पादक रोहित शर्मा एवंम आवरण चित्रकार अनन्तो रायलाई सम्मान जनाउँदै दोसल्ला आवरण अनि स्मृति चिन्ह प्रदान गर्नु भएकाे थियाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x