फित्काैली डटकमप्रज्ञा गजल महोत्सव -२०८० सम्पन्न
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कवि र गजलकारले आफ्नै विरुद्ध उभिएर पनि सिर्जना गरेका हुन्छ, कवि र गजलकार प्रायः भ्रष्ट हुँदैन भन्ने धारणा राख्नु भयाे ।

काठमाडौँ, २०८० फागुन १ । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा गजल महोत्सव’-२०८०को आयोजना गर्यो ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कवि र गजलकारले आफ्नै विरुद्ध उभिएर पनि सिर्जना गरेका हुन्छ, कवि र गजलकार प्रायः भ्रष्ट हुँदैन भन्ने धारणा राख्दै महोत्सवमा सहभागी गजलकारलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
यसै गरी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गजल महोत्सवलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी बनाउने उल्लेख गर्नुभएको थियोे।
यसैगरी प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले गजलले साहित्यिक विधामा बृहत् रूप धारण गरिसकेको छ, यस विधाको खोजअनुसन्धान हुनुपर्नेमा जोड दिनुदिनु भएको थियोे ।
समालोचक प्रभाती किरणले ‘वर्तमान नेपाली गजल ‘शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे भने टिप्पणी गजलकार करुण थापाले गर्नुभएको थियोे ।
प्रज्ञा-गजल महोत्सवमा नेपाली भाषामा शान्ति शर्मा, रूपक वनवासी, गणेशबाबु अधिकारी, दिलकुमारी मगर, विद्यानिर्दोष पहाडी, सागर रिमाल, ललिजन रावल, रवि प्राञ्जल, प्रा. डा. सनतकुमार वस्ती, डा. देवी पन्थी, रामबहादुर पहाडी, माधव खतिवडा, ज्ञानु विद्रोही, राधा कँडेल, विपिन मर्म, अर्पणा आपागाई, सुशीला श्रेष्ठ, सिद्धनारायण आचार्य, मुक्त उदास, अन्जान यात्री, आँचलकुमार शर्मार सुशीला शर्माले गजल वाचन गर्नुभएको थियोे ।
यसै गरी लिम्बूमा स्वप्निल स्मृति, मैथिलीमा धीरेन्द्र प्रेमर्षि, तामाङमा ईश्वर थोकर, नेपालभाषामा रामगोपाल आशुतोष, अछामीमा सागर रिमाल, उर्दुमा इम्तियाज बफालगायतले गजल वाचन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण गजलकार बाबु त्रिपाठीले गर्नुभएको थियोे ।
०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































