सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अनुपमकाे १३३अ‍ौं रचनावाचन शृङ्खला

विद्युतीय सञ्चारको माध्यमबाट भएको यो कार्यक्रमको सहजकर्ता कविवर जगदीश्वर सुधा बाँस्कोटा ढकाल, अध्यक्ष भुवनहरि सिग्देल प्रमुख आमन्त्रित गोविन्द घिमिरे वेदमणि हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडाैं, २०८० फागुन ११ । अनुुपम सिर्जना प्रतिषठानकाे १३३अ‍ौं रचनावाचन शृङ्खला सुुसम्पन्न भएको छ ।

विद्युतीय सञ्चारको माध्यमबाट भएको यो कार्यक्रमको सहजकर्ता कविवर जगदीश्वर सुधा बाँस्कोटा ढकाल, अध्यक्ष भुवनहरि सिग्देल प्रमुख आमन्त्रित गोविन्द घिमिरे वेदमणि हुनुहुन्थ्यो ।

जगदीश्वर पोखरेलको छरितो स्वागत मन्तव्यपछि शुरु भएको कार्यक्रममा झण्डै दुइ दर्जन स्रष्टाहरूकाे सहभागिता थियाे ।

स्रष्टाहरूमा सुशील रजाल-” सोच” अनुष्टुप्” छन्दमा, द्वारिका कुइँकेल- नारी दिवसोक सन्दर्भमा नारीसम्बन्धी सुसेलीहरू, दुर्गाप्रसाद सिग्देल – “चरी बोल्छ जसरी” शिखरिणी छन्दमा, जनार्दन अधिकारी धड्कन- बुढौली खोरिया, टेकबहादुर लौडारी- “वृद्धवद्धाको गुनासो”, शार्दूलविक्रीडितमा, हरि खनाल- “कविले सखी कसरी फकाउँछ” प्रभावली छन्दमा, वीरबहादुर लोहनी- “सगरमाथा” लोकछन्दमा, उत्तम भेटवाल- “किसान” पञ्चचामरमा, बिनुबाबा घिमिरे- “नौजवानले” द्रुता छन्दमा र सूर्यवदना पण्डित – “चक्रसाधनामा सहभागी बनौं”अनुष्टुप्मा सिर्जना वाचन गरिएका थिए ।

त्यसैगरी गङ्गा लिगलले “जननी जन्मभूमि “; “नारी” शीर्षकमा मुक्त कविता, सूर्यकुमार पण्डितले- ” फाल्गुन महिना” वसन्ततिलकामा, बमबहादुर जितालीले “चम्चाको चमत्कार” राष्ट्रिय व्यङ्ग्य, पुरुषोत्तम सिग्देलले- गजल “सकिन्न ती दर्द उधिन्न साथी, ऐना पुछी दाग पुछिन्न साथी- उपजातिमा, चूडा निर्भीकले “लामो होस् धरणी” बद्रिका छन्दमा, गङ्गा भण्डारीले -भुवनहरिको बहत्तर वसन्तबाट” शिखरिणीमा प्रस्तुत गर्नुभएकाे थियाे ।

जगदीश्वर पोखरेलले “कालो न कालो दिन” शार्दूलविक्रीडितमा, नरनाथ लुइँटेलले – मुक्त लयको व्यङ्ग्य भावको “वाह लोकतन्त्र, क्या लोकतन्त्र”, खोलाघरे सािहँलाेले “असह्य” शार्दूलविक्रीडितमा, सुधा बाँस्कोटा ढकालले “बनौं स्वाभिमानी ” भुजङ्गप्रयातमा सिर्जना प्रस्तुत गर्नु भयाे।

प्रमुख आमन्त्रित गोविन्द घिमिरे वेदमणिले अनुपमकाे नियमितता र छन्दबाहुल्य सिर्जनाकाे प्रस्तुति विशेष महत्वकाे रहेकाे मन्तव्य सहित आफ्नाे “कवि अभिव्यञ्जना” शीर्षककाे अनुष्टुपमा कविता वाचन गर्नुभएकाे थियाे ।

वाचित सिजर्नामाथि समीक्षात्मक टिप्पणाी गर्दै खाेलाघरेले स्तरीय कविता श्रवण गर्ने अवसर पाएकाे आफू धन्य भएकाे बताउनु भयाे ।

कार्यक्रमकाे अन्तमा भुवनहरि सिग्देलले सहभागी सबैप्रति हार्दिक धन्यवाद दिँदै – “सम्धिनी भेट” अनुष्टुप् छन्दकाे सिर्जना प्रस्तुत गरेर सभा विसर्जन गर्नुभएकाे थियाे ।

०००
खाेलाघरे साहिँलाेकाे टिपाेटमा आधारित फित्काैलीकाे रिपाेट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad