साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध

भएन मूल्य कर्मको पसेन माँड पेटमा । गएर मान सान यी युवा परे चपेटमा ।। सुलुक्क राज्यले निल्यो गएछ घाट उद्यम । बुढाबुढी दपेटिए गए विदेश सक्षम ।।

Nepal Telecom ad

कविराज घिमिरे :

जुरुक्क उठ्छ वृद्धले बहाल गर्छ सिर्जना ।
खटेर भर्छ दिव्यता बिहान मध्य रातमा ।।
युवा तिमी सुत्यौ भने अचम्म मान्छ यो धरा ।
सिनित्त पार सैकडौँ खनी उजाड यी गरा ।।१

हुँदैन न्याय राम्ररी बचेर हिँड्न मुस्किल ।
छ निम्छरोपना यहाँ रुँदै छ आज कोकिल ।।
अपुष्ट दृष्टि सत्यमा असत्य उच्च देखियो ।
छ दुष्ट मुख्य कारणी स्वदेश आज हेपियो ।।२

कला गला निचोरिए छ धर्म नै बलात्कृत ।
चिथोरिए सुभावना कुभावना छ मौलिक ।।
यहाँ छ वृद्ध शोकमा स्वयम् रहेन सन्तति ।
विदेश मोहमा परी गएछ लोकसंस्कृति ।।३

बजेट झ्वाम्म पार्दछन् मिलाउँदै स्वयम् कुरा ।
सखाप योजना भए बढी वरिष्ठ पाखुरा ।।
भएन आड वृक्षको सधैँ छ पाउलो किन ?
स्वदेश आज हेपिँदा समाप्तझैँ छ जीवन ।।४

भएन मूल्य कर्मको पसेन माँड पेटमा ।
गएर मान सान यी युवा परे चपेटमा ।।
सुलुक्क राज्यले निल्यो गएछ घाट उद्यम ।
बुढाबुढी दपेटिए गए विदेश सक्षम ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x