साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सुनौँ परिवार मिरिकको १०४ औँ श्रृङ्खला सम्पन्न

संस्थाका अध्यक्ष राजबहादुर राईको अध्यक्षता, मिरिक महकुमाका डीएमडीसी तपसकुमार हाजिराको प्रमुख आतिथ्यका बीच कार्यक्रममा केही बहस, रचना वाचन, गायनसमेत प्रस्तुत भएको थियो ।

Nepal Telecom ad

मिरिक /दार्जिलिङ, २ मार्च २०२४ अर्थात् १९ फागुन २०८० शनिवार । मिरिक नगरपालिकाको झिल परिसरमा साहित्य सुनौँ परिवार मिरिकको १०४ औँ मासिक कवितावाचनको श्रृङ्खला सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष राजबहादुर राईको अध्यक्षता, मिरिक महकुमाका डीएमडीसी तपसकुमार हाजिराको प्रमुख आतिथ्य, मिरिक नगर पुस्तकालय सञ्चालन समितिका अध्यक्ष गणेश बराइली, मिरिक महकुमाका एसडीडीएमओ र हिमालयन नेटवर्कका निर्देशक स्वराज प्रधानलगायतकाे विशिष्ट आतिथ्य रहेको थियो ।

मञ्चासिन स्रष्टाहरूलाई खदार्पण गरेपश्चात दीप प्रज्ज्वलनका साथ युवराज भण्डारीको मुखराविन्दबाट स्वस्तिक वाचनसहितको मन्त्रोचारण गर्दै वाङ्मयी स्वरूप सरस्वतीको प्रतिमामा माल्यार्पण गरी कार्यक्रमको घुम्टी खोलिएको थियो ।

तत्काल, भर्खर दिवङ्गत हुनुभएका साङ्गीतिक स्रष्टात्रय गायक तथा सङ्गीतकार योगेश वैद्य, गायक तथा सङ्गीतकार मूलतः भजनशिरोमणि भक्तराज आचार्य र भारतीय भूगोलका हिन्दी भाषाअन्तर्गत गजलसम्राट पंकज उदासको आत्माको चिरशान्तिको कामना गर्दै करिब दुई मिनट मौनधारण गरिएको थियो ।

कार्यक्रममा केही बहस, रचना वाचन, गायनसमेत प्रस्तुत भएको थियो । रचना वाचन गर्नेहरूमा – अमर दुङ्माली, युवराज भण्डारी , माधव बुढाथोकी, केसाङ लामा, एसबी गजमेर, गोकुल रसाइली, अजम प्रधान, सञ्जित तामाङ, जीनर घतानी, सुकबहादुर राई, मनोहर शर्मा, शरद सुब्बा, विनोदसिँह खाती, अरुणचन्द्र कुलुङ, रीतु खवास, विष्णुकुमार बराइली आदि रहेका थिए ।

ईको कविता ‘तङ्सिङ’ मा चन्द्र प्रधान पुरस्कार २०२३ ले सम्मानित राजा पुनियानीले नेपाली साहित्यिक यात्रामा वर्तमानमाथि गहन बहस प्रस्तुत गरे र भने- ‘अबको दिनमा इतिहास साहित्य, दलित साहित्य र चियाबारी साहित्यमाथि जोड दिनुपर्छ ।’

सासुप मिरिक र नगर पुस्तकालयको तर्फबाट वार्ताका राजा पुनियानीलाई खदा, नेपाली टोपी, अङ्गवस्त्र र स्मृति चिन्हद्वारा सम्मान गरिएको थियो । इनुङ्मा राई र रोहिणी तामाङ्ले नेपाली गीत प्रस्तुत गरेका थिए भने कार्यक्रममा वाचित रचनामाथि कार्यक्रमका अध्यक्षसमेत रहेका समालोचक राजबहादुर राईद्वारा टिप्पणी गरिएको थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापनसहित कार्यक्रम समापनको घोषणा गरिएको थियो । त्यसो त साहित्य सुनौँ परिवार मिरिकको यो १०४ औँ श्रृङ्खला चौथो बङ्गाल हिमालयन पर्यटन उत्सवको रूपमा मिरिक नगर पुस्तकालयको सौजन्यमा गरिएको थियो ।

कार्यक्रममा मिरिकबाट प्रकाशित भएका कृतिहरू पनि प्रदर्शन र विक्रीको निम्ति राखिएको थियो । संस्थाले आयोजक पश्चिम बङ्गाल सरकार, गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन र मिरिक नगर पुस्तकालयका प्रभारी शीला गुरुङ एवम् सूचना तथा संस्कृति विभागका महानिर्देशक कैलाश राईप्रति आभारसहित धन्यवाद ज्ञापन गरेको हो ।

संस्थाको सचिव शीला लामाको स्वागत मन्तव्य , कार्यक्रमको उद्देश्य तथा औचित्य प्रकाश रहेको कार्यक्रममा कथाकार दीप प्रधानको सञ्चालन रहेको स्रष्टा दीप प्रधानले जानकारी दिए ।

०००
– फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x