साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खेदौँ फटाहा

धपाए युवा यी पाखा ढवाहा बनी धुन्धुकारी बोल्दैछ हा हा बिरानो छ बारी खन्दैन चाहा बनाएर नाङ्गो खेदौँ फटाहा ।

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

कुरौटे भरौटे भोका बसाहा
छ टोले र झोले नाता अथाह
धराधाम बेच्दै पारिन्छ स्वाहा
चलाऔं सुनामी खेदौं फटाहा ।१

पराया दलाली खोज्छन् समाहा
उचाल्ने थचार्ने गर्छन् ठिमाहा
अवस्था छ उस्तै नेता भुस्याहा
कठालो समात्दै खेदौँ फटाहा ।२

कुसंस्कारधारी गुण्डा ठगाहा
उसैका गुलामी धन्धा मिचाहा
कसैका मलामी लुच्चा सुताहा
उचालेर लाठो खेदौँ फटाहा ।३

लुटेरा हरामी सत्ता छ डाह
बजाएर बाजा घण्टा दमाहा
रुवाएर आमा खान्छन् पटाहा
जलाएर राँको खेदौँ फटाहा ।४

धपाए युवा यी पाखा ढवाहा
बनी धुन्धुकारी बोल्दैछ हा हा
बिरानो छ बारी खन्दैन चाहा
बनाएर नाङ्गो खेदौँ फटाहा ।५

हली पाङ्दुरे यी कस्का भदाहा
छ हत्या र हिंसा बानी पिराहा
सिध्धान्त राम्रो जाली मताहा
भदौरे खोला झैँ खेदौँ फटाहा ।६
०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x