साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाती

चिकित्सक भने अफसानाको रोकिएको सास व्युताउन उनको शरीरभरि मसाज गरिरहेका थिए । प्रयास असफल भएपछि उनले तोदीराम लगायत आफन्तहरूलाई अन्तिम घोषणा गरिदिए ।

Nepal Telecom ad

डा. विदुर चालिसे :

सास अड्किएको थियो । निःश्वास पनि थिएन । चिकित्सक हैरान थिए । अफसाना लत्रक्क परेर ओछ्यानमा पल्टेकी थिइन् । उनको मुटुको संचालन लगभग गतिहीन भइसकेका थिए । पसिना पसिना भएका चिकित्सकले नजिकैको तोदी रामलाई सोधे ।
– “कति भयो विरामी परेको !”
– “केही दिन भयो, होला !”

थप जिज्ञासाले तोदीरामको मन बतासिएको थियो नै । उनले वेदना, संशय, निरु परायता र करूणाको भाव घुलित शब्दले बिरामीको मायामाथि प्रश्न थपे ।
– “विरामीलाई के भएको रहेछ ?”
– “उसलाई मानसिक तनाव चर्को चढेको थियो !”

बाँच्ने आशामा अस्पतालमा पुर्‍याइएकी अफसानाको अवस्था देखेर तोदीराम कालोनिलो भए । छेउमा बसेर रुन र कराउन थाले । चिकित्सक उनीहरूलाई सम्झाउँदै भन्न थाले ।
– “यस विरामीको मुटु पनि सानो थियो ।”
तोदीराम खुम्चिएको निधार चाउरी पारेर चिकित्सकको मुख हेर्न थाले । रुन्चे रुवाइतमा फेरि सोधे ।
– “अनि अरु ?”
– “अरू त कलेजो पनि सानो !”
– “मन नि ?”
– “त्यो पनि निकै सानो थियो !”
– “हृदय ?”
– “त्यो त छँदै थिएन !”
– “उसो भए विरामी बामपुड्के हो र ?”

चिकित्सक भने अफसानाको रोकिएको सास व्युताउन उनको शरीरभरि मसाज गरिरहेका थिए । प्रयास असफल भएपछि उनले तोदीराम लगायत आफन्तहरूलाई अन्तिम घोषणा गरिदिए ।
– “यसलाई पार्किन्सनको दीर्घ रोग पनि रहेछ !”
– “अर्थात ?”
– “बेलाबेला नसा कामिरहने !”
तोदीराम अफसानालाई अत्यन्त बेदित भावमा अबिर, फूल, माला र धुप चढाएर अफसोची किर्तन भट्याउन थाले ।
– “यस्तै रहेछ चलेको लघुकथा !”

ठुला छातीका मानिसहरूको छातीभरि किलोका किलो माला लत्रिएको थियो । तर अत्तरको साथमा झिङ्गा पनि भन्किरहेको थियो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x