डा. विदुर चालिसेछाती
चिकित्सक भने अफसानाको रोकिएको सास व्युताउन उनको शरीरभरि मसाज गरिरहेका थिए । प्रयास असफल भएपछि उनले तोदीराम लगायत आफन्तहरूलाई अन्तिम घोषणा गरिदिए ।

डा. विदुर चालिसे :
सास अड्किएको थियो । निःश्वास पनि थिएन । चिकित्सक हैरान थिए । अफसाना लत्रक्क परेर ओछ्यानमा पल्टेकी थिइन् । उनको मुटुको संचालन लगभग गतिहीन भइसकेका थिए । पसिना पसिना भएका चिकित्सकले नजिकैको तोदी रामलाई सोधे ।
– “कति भयो विरामी परेको !”
– “केही दिन भयो, होला !”
थप जिज्ञासाले तोदीरामको मन बतासिएको थियो नै । उनले वेदना, संशय, निरु परायता र करूणाको भाव घुलित शब्दले बिरामीको मायामाथि प्रश्न थपे ।
– “विरामीलाई के भएको रहेछ ?”
– “उसलाई मानसिक तनाव चर्को चढेको थियो !”
बाँच्ने आशामा अस्पतालमा पुर्याइएकी अफसानाको अवस्था देखेर तोदीराम कालोनिलो भए । छेउमा बसेर रुन र कराउन थाले । चिकित्सक उनीहरूलाई सम्झाउँदै भन्न थाले ।
– “यस विरामीको मुटु पनि सानो थियो ।”
तोदीराम खुम्चिएको निधार चाउरी पारेर चिकित्सकको मुख हेर्न थाले । रुन्चे रुवाइतमा फेरि सोधे ।
– “अनि अरु ?”
– “अरू त कलेजो पनि सानो !”
– “मन नि ?”
– “त्यो पनि निकै सानो थियो !”
– “हृदय ?”
– “त्यो त छँदै थिएन !”
– “उसो भए विरामी बामपुड्के हो र ?”
चिकित्सक भने अफसानाको रोकिएको सास व्युताउन उनको शरीरभरि मसाज गरिरहेका थिए । प्रयास असफल भएपछि उनले तोदीराम लगायत आफन्तहरूलाई अन्तिम घोषणा गरिदिए ।
– “यसलाई पार्किन्सनको दीर्घ रोग पनि रहेछ !”
– “अर्थात ?”
– “बेलाबेला नसा कामिरहने !”
तोदीराम अफसानालाई अत्यन्त बेदित भावमा अबिर, फूल, माला र धुप चढाएर अफसोची किर्तन भट्याउन थाले ।
– “यस्तै रहेछ चलेको लघुकथा !”
ठुला छातीका मानिसहरूको छातीभरि किलोका किलो माला लत्रिएको थियो । तर अत्तरको साथमा झिङ्गा पनि भन्किरहेको थियो ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































