साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नवसर्जक चाैतारीकाे २१ ओैँ शृङ्खला

चाैतारीकी उपाध्यक्ष कृतिका लाैडारीकाे अध्यक्षता एवम् मामाघर नेपालका संरक्षक एवम् परिकल्पनाकार अर्पण पराजुलीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

हेटाैडा, २०८० फागुन २६ । नवसर्जक साहित्य चाैतारी नेपालकाे २१ ओैँ नियमित मासिक शृङ्खला आज भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ ।

चाैतारीकी उपाध्यक्ष कृतिका लाैडारीकाे अध्यक्षता एवम् मामाघर नेपालका संरक्षक एवम् परिकल्पनाकार अर्पण पराजुलीकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चाैतारीका परिकल्पनाकार/संरक्षक दीपक गाैतम, सल्लाहकारहरू डिबी बर्ताैला र अर्चना दहालकाे आतिथ्य रहेकाे थियाे ।

कार्यक्रममा मकवानपुर बालविद्या सदन, हर्नामाडीका कक्षा-१० मा अध्ययनरत साैरब बिँडारीले रवीन्द्र मिश्रद्वारा लिखित ‘खान पुगाेस् दिन पुगाेस्’ तथा धनगढी, कैलालीकी रबिना धानुकले ‘एक मिनेटमै जीवन परिवर्तन’ नामक पुस्तककाे समीक्षा प्रस्तुत गरेका थिए ।

नवसर्जकहरू अनासुया खनाल, विप्लव आचार्य, अजय बर्ताैला, कृतिका लामिछाने, सुमिसा श्रेष्ठ, यादृक्षा न्यौपाने, मानश्वी पाैडेल, कृष्टिना शाह, सदिक्षा नेपाल, किरण धामी, आयुश्री दाहाललगायतले कविता, गीत तथा गजल वाचन गरेका थिए ।

कार्यक्रममा देशभरका विभिन्न प्रदेशका गरी तीन दर्जन बढी नवसर्जककाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण चाैतारीकी उपाध्यक्ष एवम् काठमाडौँ उपत्यका संयाेजक आँचल कुसुम अधिकारीले गरेकी थिइन् ।

चाैतारीले हरेक महिनाकाे चाैथाे शनिबार भर्चुअल माध्यमबाट नवसर्जक मासिक शृङ्खलाका साथै हरेक शनिबार विभिन्न साहित्यिक विधाका प्रशिक्षणात्मक कार्यक्रम आयोजना गर्दै आएकाे छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x