फित्काैली डटकमअभिनवको तेइसौँ वार्षिकोत्सवमा कवि गोष्ठी र सम्मान अर्पण
गजलमा विद्यावारिधि गर्नुभएका डा.घनश्याम परिश्रमीलाई नगद, दोसलासहित सम्मान अर्पण गरियाे ।

काठमाडौं, २०८० फागुन २६ । अभिनव साहित्य समाजले २६५ औं मासिक शृङ्खला अन्तर्गत तेइसौँ वार्षिकोत्सव, कवि गोष्ठी र वेदमणि अभिनव गजल पुरस्कार तथा सम्मान अर्पण समारोह सम्पन्न गरेको छ ।
प्राज्ञ दिनेशराज पन्तज्यूको प्रमुख आतिथ्य, विमल अर्यालको सभापतित्व, शारदा पराजुलीजीको उद्घोषण, मेनका आचार्यकोे स्वागत मन्तव्य, समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले धन्यवाद ज्ञापन र सम्मानित तथा पुरस्कृत व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै कार्यक्रमको सुरुआत भएको थियो ।
बी.पी. इलामे र घनश्याम प्रसाईद्वारा सम्मानपत्रको वाचन, सचिव परशुराम पराजुलीले समग्र कार्यक्रमको समीक्षा, प्रोत्साहित पुरस्कारको छनौट र गजल वाचन, सुमन पुडासैनी र नवराज पुडासैनी ज्योत्स्नाको सम्पूणर् व्यवस्थापनमा कायक्रमको सञ्चालन भएको थियो ।
भव्य रूपमा सम्पन्न भएको सो कवि गोष्ठीमा गजलमा विद्यावारिधि गर्नुभएका डा.घनश्याम परिश्रमीलाई नगद, दोसलासहित सम्मान अर्पण गरिनुका साथै वाग्मती प्रदेशसभा सांसद विमल ठकुरी र गोकर्णेश्वर न.पा. वडा नं. ६ का वडा अध्यक्ष नवराज लामालाई दोसल्लासहित सम्मान अर्पण गरिएको थियो ।
प्रमुख अतिथिज्यूले सम्मानित व्यक्तित्व र वाचित रचनाहरूको विषयमा संक्षिप्त टिप्पणी गर्नुभएको थियो । सहभागीहरुमध्ये एन.वी. जनकपुरी, गोपे दाजु, बुद्धिसागर पौडेल र रुवी सत्यालजीलाई उहाँहरूले वाचन गर्नुभएका रचनालाई उत्कृष्ठ ठानी प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
कवि गोष्ठीमा भाग लिने अन्य कविहरूमा बद्रीप्रसाद सुवेदी, सरिता दुलाल घिमिरे, गोविन्द संगत महर्जन, मञ्जुश्री प्रधान के.सी. डिल्लीप्रसाद दाहाल मूलतिहुन, ठाकुरप्रसाद खतिवडा, शालिकराम दाहाल, शान्ती शर्मा, ध्रुव गजुरेल, बाजुराम पौडेल, निर्मलरमण पराजुली, मिसन अधिकारी, भोलानाथ सुवेदी, सागरबाबु श्रेष्ठ, अच्युत पौडेल, भगतदास श्रेष्ठ, दीपक अर्याल, निर्मल अर्याल, उद्धव रायमाझी, वसन्त रिजाल, गोपाल रिजाल, रामप्रसाद सञ्जेल, राजु श्रेष्ठ, पुजन मिश्र, शान्ती श्रेष्ठ, निर्मला भट्टराई, भक्त क्षेत्री, अनुराग, ऋचा, सुशीला खड्का हसिना, भावना न्यौपाने, शर्मिला तिमल्सिना लगायत ४० जना र अन्य सहभागीसमेत गरी ७५ जनाको उपस्थिति रहेको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest







































