साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाँगुनारायणमा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता, उत्कृष्ट २० छनाैट

चाँगुनारायण न. पा. को प्रायोजन तथा, चाँगुनारायण साहित्यिक समाजको आयोजनामा हुन लागेको राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा २० जना उत्कृष्ट कविताको छनौट गरिएको छ ।

Nepal Telecom ad

भक्तपुर, २०८० फागुन २७ । चाँगुनारायण न. पा. को प्रायोजन तथा, चाँगुनारायण साहित्यिक समाजको आयोजनामा हुन लागेको राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा २० जना उत्कृष्ट कविताको छनौट गरिएको छ ।

चाँगुनारायण साहित्यिक समाजले एक विज्ञप्ति जारी गरी छनोटमा परेका २० उत्कृष्ट कविता र तिनका स्रष्टाहरूको सूची सावर्जनिक गरेको हो ।

सार्वजनिक गरिएको सूचीमा कल्पना काफ्ले, (भक्तपुर) को ‘बाटामुनिको फूल’, कृष्णप्रसाद पौडेल, (नुवाकोट)को ‘जान्छन् सबै बाहिर’, गोविन्द कडेल ‘आँसु’ (काभ्रे) को ‘आधुनिक छाराछोरी’, डिल्लीराम ढकाल (स्याङजा) को ‘कामना’, दुर्गा खतिवडा, (काठमाडौं) को ‘औंसीका जुनहरू’, देवेन्द्र खरेल, (काठमाडौं) को ‘छोरालार्ई चिठी’, प्रकाश बस्नेत ‘गफाडी’ (काठमाडौं) को ‘समृद्धिको यात्रा’, विवेक पराजुली, (पर्वत) को ‘वीर’ कविता परेका छन् ।

त्यसैगरी विक्रम चेतनशील राई, (भक्तपुर) को ‘रोप्नु छ एउटा फूल’, बाबुराम श्रेष्ठ ‘यात्री’ (सिन्धुली) को ‘नेपाल आमा’, भोलानाथ सुवेदी (ओखलढुंगा को ‘घामले आमालाई दण्डवत गर्छ’, मनिराम कडेल (बाग्लुङ) को ‘परदेश जानेहरूलाई’, मोतीराज बम (कालिकोट) को ‘शङ्काको घेरामा समय’, रवि सुवेदी (काठमाडौं) को ‘शङ्घर्ष हो जीवन’, डा. सीता सुवेदी पन्थी (गुल्मी) को ‘देश सिङ्गार्न आऊ’ पनि छनौटमा परेका छन् ।

शैलपुत्र विकाश अधिकारी (भक्तपुर) को ‘वियोगको अप्रिय धून’, सुवास सजल (मकवानपुर), को ‘फर्क युवा’, सुन्दर सिरिष (सिन्धुपाल्चोक) को ‘माटोको वणर्माला’, सुजन घिमिरे (कैलाली) को ‘म वीर युवा’ र रूपक जमरा (सिन्धुली) को ‘कफी’ शीर्षकको कविता पनि छनौट गरिएको छ ।

छनौटमा परेका कविताहरूका स्रष्टाहरूलाई कविता वाचनका आमन्त्रण गरिएको र यिनै कवितामध्येबाट उत्कृष्ट ५ लाई नगद रकम र प्रशंसापत्र सहित पुरस्कृत गरिने भएको छ ।

प्रतियोगी कविताहरू वाचन कार्यक्रम यही फागुन २८ गते बिहान ११ बजेदेखि चाँगुनारायण मन्दिर परिसरमा शुभारम्भ हुने र समाजको तेस्रो स्मारिकाको साथै कवितासङ्ग्रह विमोचन गरिने जानकारी समेत विज्ञप्तिमा जनाइएको छ । पुरस्कृत बाहेक अन्य १५ जनालाई प्रमाण-पत्र प्रदान गरिने कुरा समाजका अध्यक्ष लालबहादुर भुजेलले फित्कौलीलाई जानकारी दिनु भएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x