साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवन-सहचरी

सारङ्गी म त, मूर्छना भरिदिने, हुन् यी कला वाचिका । मेरो शक्ति र साधना बनिदिईन्, श्रीकृष्णकी राधिका । डुब्दा भाव तरङ्गमा लहरिँदै,लान्छिन् कता जान्दिन । गाढा पीति छ छोडपत्र गरिदे, भन्लान् कसै मान्दिन ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

छोडेँ जागिर खान पेन्सन दिए, फिर्ता गरेँ जागिर ।
आउन्नन् अब भेट्न, टेर्छ कसले, फुक्लो ढिकी, तेबर ।
डेरामा पनि मान छैन गृहिणी, झर्केर सर्छिन् पर ।
स्थायी प्रेम टुटेन साथ कविता दिन्छिन् गरी आदर ।१।

मैले शैशव कालदेखि कविता-लाई रुचाएँ अति ।
जो आईन् घरमा बनेर दुलही, दोस्री रहिन् श्रीमती ।
थाम्छिन् हात डुलाउँछिन् प्रकृतिको, उद्यानमा सुस्तरी ।
मेरा केश फुले तथापि कविता, अम्लान छिन् सुन्दरी ।२।

हुन्छिन् तिल्मिल अन्तरङ्ग सँगिनी, देखेर अर्धाङ्गिनी ।
एकान्त-स्थलमा रहेँ यदि भनेँ, हुन्छिन् खुशी रागिनी ।
कैले प्रेम बिछोडका मन छुने, आलाप वर्षाउँछिन् ।
खोज्छिन् आँचलमा लुकाउन दिँदै, मुस्कान लोलाउँछिन् ।३।

मीठो स्वाद चखाउँछिन् रस-बरी, पस्की सुधा नौथरी ।
नाच्छिन् पिङ्गल वृत्तमा छमछमी, ताता र थैथै गरी ।
पोख्छिन् भाव अनेक शिल्प सुषमा, पस्की कला गौरव ।
पार्छिन् विह्वल कृष्णसार मृग भै, खोज्दैछु झैँ सौरभ ।४।

दिव्यानन्द दिलाउँछिन् हृदयकी, रानी बनी दिन्दिन ।
चुत्था मांसल देह लाग्छ युवती, राम्री कुनै गन्दिन ।
निद्रामा सपना बिहान विपना ,मेरी जुनेली परी ।
लैलाकी मजनू समान कविता, लाग्छिन् सँधै सुन्दरी ।५।

सारङ्गी म त, मूर्छना भरिदिने, हुन् यी कला वाचिका ।
मेरो शक्ति र साधना बनिदिईन्, श्रीकृष्णकी राधिका ।
डुब्दा भाव तरङ्गमा लहरिँदै,लान्छिन् कता जान्दिन ।
गाढा प्रीति छ छोडपत्र गरिदे, भन्लान् कसै मान्दिन ।६।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x