साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राधेश्याम लेकाली र डा.अशोकलाई चिसाप पुरस्कार

कार्यक्रममा पुरस्कृत लेकालीको परिचय चिसापका निवर्तमान अध्यक्ष साहित्यकार सुरेन्द्र अस्तफलले र डा.अशोक थापाको परिचय साहित्यकार जगन्नाथ पण्डितले गर्नु भएको थियो ।

Nepal Telecom ad

चितवन, फागुन ३० । चितवन साहित्य परिषद्ले यो वर्षको ‘चिसाप गायत्री-सरस्वती साहित्य पुरस्कार’ साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गरेको छ । पुरस्कारका साथ नगद राशि ३५ हजार ४५ रुपैयाँ पनि अर्पण गरिएको थियो ।

यस्तै, ‘चिसाप गीताश्री साहित्य पुरस्कार’ नगद राशि ३५ हजार ४५ रुपैयाँसहित कथाकार डा.अशोक थापाको कथाकृति ‘सन्तापको धुन’लाई प्रदान गरिएको छ ।

चितवनमा आयोजित कार्यक्रममा साहित्यकार कोषराज न्यौपानेले दुवै पुरस्कार प्रदान गर्नुभएको हो ।

चिसापका अध्यक्ष साहित्यकार केदारनाथ खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत लेकालीको परिचय चिसापका निवर्तमान अध्यक्ष साहित्यकार सुरेन्द्र अस्तफलले र डा.अशोक थापाको परिचय साहित्यकार जगन्नाथ पण्डितले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, सभापति खनाल, पुरस्कार संस्थापक एवं चिसापका पूर्वअध्यक्ष साहित्यकार गायत्री श्रेष्ठ, अर्का पुरस्कार संस्थापक संविधानसभाकी सदस्य गीता वाग्ले, पुरस्कृत साहित्यकारहरू राधेश्याम लेकाली र डा.थापा, चितवन महानगरपालिका प्रज्ञा प्रतिष्ठानका कुलपति इन्द्र रेग्मी, कवि डाँडाका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीलगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

परिषद्का सचिव नवराज ढुंगानाले सहजीकरण गरेको कार्यक्रममा कविहरू उषा तिवारी, प्रकाश चापागाईं र पारू तिमिल्सिनाले आ–आफ्नो कविता वाचन गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x