साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुलपति भूपाल राईको एकल कविता वाचन

सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन कार्यक्रम लुम्बिनी प्रदेशको कोहलपुरमा सम्पन्न भयो ।

Nepal Telecom ad

बाँके, कोहलपुर । २०८० फागुन २९ । सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन कार्यक्रम लुम्बिनी प्रदेशको कोहलपुरमा सम्पन्न भयो ।

यस अवसरमा कुलपति राईले लगभग एक दर्जन कविता वाचन गर्नुभएको थियो । वाचित कविताहरूमा सौन्दर्ययुक्त चेतना,पहिचान, मुक्ति र अग्रगमनका स्वरहरू गुन्जिएका थियो । उक्त कार्यक्रमको आयोजना ज्ञानोदय सामुदायिक पुस्तकालयले गरेको थियो ।

कार्यक्रममा कोहलपुरका साहित्यकार, बुद्विजीवि तथा विद्यार्थीलगायतको बाक्लो उपस्थिति रहेको थियोे ।

कुलपति राईद्वारा सांस्कृतिक सत्ता र समताको लागि भन्ने अभियान अन्तर्गतको एकल कविता वाचनको यो चौथो शृङ्खला हो । चितवनबाट सुरु भएको यो अभियान युएसएको बोस्टन र नर्थ क्यारोलिनामा दोस्रो र तेस्रो शृङ्खला सम्पन्न भएको थियो ।

यो भन्दा अगाडि प्रज्ञा -प्रतिष्ठानको साहित्य गद्य विभागद्वारा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय आख्यान महोत्सव कोहलपुरमा र सुदुर पश्चिमप्रदेशस्तरीय आख्यान महोत्सव धनगढीमा सम्पन्न गरी कुलपति राई एकल कविता वाचनमा सरिक हुनु भएको थियो ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा सम्प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x