साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गैँडाकोट नगर प्रज्ञा पुरस्कार डा. मतिप्रसाद ढकाललाई

डा. ढकाल नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक समेत हुनुहुन्छ । उहाँका साहित्य र अनुसन्धानमूलक गरी १८ वटा कृति प्रकाशित भइसकेका छन् । पुरस्कारकाे रकम रू. ५० हजार राशी रहेकाे छ ।

Nepal Telecom ad

चितवन, २०८० चैत १५ । गैँडाकोट । गैँडाकोट नगर प्रज्ञा पुरस्कार डा. मतिप्रसाद ढकाललाई प्रदान गरिने भएको छ ।

गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको बैठकले ५० हजार राशीको सो पुरस्कार यसवर्ष डा. ढकाललाई प्रदान गर्ने निर्णय गरेको गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव भिम शर्माले जानकारी दिनुभयो ।

विजय खबर पत्रिकाका पूर्व भाषा सम्पादक समेत रहनुभएका गैँडाकोट १ निवासी डा. ढकाल नेपाली भाषा, साहित्य र व्याकरण क्षेत्रमा अध्ययन तथा अनुसन्धानमा सक्रिय हुनुहुन्छ । डा. ढकाल नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक समेत हुनुहुन्छ । उहाँका साहित्य र अनुसन्धानमूलक गरी १८ वटा कृति प्रकाशित भइसकेका छन् ।

डा. ढकालको भाषा, साहित्य सम्बन्धी निरन्तर खोज र अनुसन्धानबाट देशमा निकै ठूलो योगदान पुगेको ठहर गरी पुरस्कार दिने निर्णयमा पुगिएको गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति कवि गोविन्दराज विनोदीले जानकारी दिनुभयो ।

वैशाखमा एक विशेष कार्यक्रम गरी पुरस्कार प्रदान गरिने जनाइएको छ ।

०००

समाचार स्राेत : विजय एफएम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x