सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रलेस सुनसरी सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न

सुनसरी जिल्लामा रहेर महत्वपूर्ण साहित्यिक योगदान पुर्‍याएका इनरुवा नपा- ३ का सागर तिमिल्सिनालाई ‘प्रलेस सम्मान- २०८०’ नगद रु. ११,१११ ।- सहित सम्मानपत्र प्रदान गरिएको हो ।

Nepal Telecom ad

सुनसरी, २०८० चैत्र १७ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) सुनसरीले जनजागरण पुस्तकालयको हलमा टीका मिलनको अध्यक्षता तथा प्रा. डा. बद्री विशाल पोख्रेलको प्रमुख आतिथ्यतामा साहित्यिक पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

सुनसरी जिल्लामा रहेर महत्वपूर्ण साहित्यिक योगदान पुर्‍याएका इनरुवा नपा- ३ का सागर तिमिल्सिनालाई ‘प्रलेस सम्मान- २०८०’ नगद रु. ११,१११ ।- सहित सम्मानपत्र प्रदान गरिएको हो ।

त्यस्तै सुनसरी जिल्लामा रही गायन र नृत्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याए बापत इटहरी उपमहानगरपालिका -१३ निवासी तुलसी घिमिरे ‘समर्पण’लाई पनि ‘कला पुरस्कार- २०८०’ नगद रु. ६,५५५ ।- सहित कदरपत्र प्रदान गरेको थियो ।

प्रलेस सुनसरीका सचीव कृष्णप्रसाद नेपालले स्वागत मन्तव्य र निषाद सङ्गीत विद्यालयका बालबालिकाहरूले राष्ट्रिय भाव झल्किने गीत प्रस्तुत गरी कार्यक्रमका अतिथि, उल्लेख्य साहित्यकार तथा विद्वान व्यक्तिहरूको उपस्थितिलाई स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा इटहरी उपमनपा- ५ का वडाध्यक्षले शुभकामना मन्तव्य तथा प्रलेस सुनसरीका सदस्य सुस्मिता नेपालले आज सम्मानित तथा पुरस्कृत स्रष्टाहरूको सटीक परिचय प्रस्तुत गर्नु भएकाे थियाे ।

सप्तरङ्गी साहित्य समाज कोशी प्रदेशका अध्यक्ष रमेन्द्र कोइराला, डियर कल्याण साहित्य प्रतिष्ठानका अध्यक्ष विनोद घिमिरे, सिर्जनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवालको सहभागिता थियो ।

यसरी कवि तथा साहित्यकार कृष्णप्रसाद गौतमको सञ्चालकत्वमा आजको कार्यक्रम भव्यताका साथ समापन भएको थियो ।

०००
– कृष्णप्रसाद गौतमद्वारा संप्रेषित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad