साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार राजेन्द्र विमल र नाट्यकर्मी हरिहर शर्मा पुरस्कृत हुँदै

रामगीता वाङ्मय मन्दिर, नेपाल–अमेरिकाले प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार तथा अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार २०८० का विजेताहरूको घोषणा गरेको छ । पुरस्कारमा नगद रू. ५०/५० हजार र ताम्रपत्र रहेकाे उल्लेख छ । /

Nepal Telecom ad

काठमाडाैं, २०८० चैत्र १९ । रामगीता वाङ्मय मन्दिर, नेपाल–अमेरिकाले प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार तथा अशेष मल्ल–सावित्री नाट्यकर्म पुरस्कार २०८० का विजेताहरूको घोषणा गरेको छ ।

अध्यक्ष गीता खत्रीद्वारा जारी गरिएकाे विज्ञप्तिका अनुसार यस प्रतिष्ठानबाट प्रत्येक जोर नेपाली वर्षमा प्रदान गरिने ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’, २०८० शिखा बुक्सबाट प्रकाशित कथाकार राजेन्द्र विमलको कथासङ्ग्रह ‘सरबरिया टोल’ लाई प्रदान गरिने भएकाे छ ।

यसअघि घोषित उत्कृष्ट ९ कृतिहरूमध्ये निर्णायक मण्डलले कथाकार विमलको उक्त कृतिलाई ‘विभिन्न प्रकारका विभाजनकारी द्वन्द्वले विखण्डित तुल्याउँदै लगेको नेपाली समाजलाई जोड्ने, र अन्यायमा पारिएका जनतासम्म न्यायको उज्यालो पुर्याउने’ प्रशंसनीय प्रचेष्टा गरेकोले उत्कृष्ट ठहर गरी पुरस्कृत गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उत्कृष्ट ९ मा परेका अन्य कृतिहरूमा विक्रमभक्त जोशीको ‘चोभार ब्लुज’, चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’, मनोज थारुको ‘टुवरा’, इल्या भट्टराईको ‘मिसर’, हरिबोल काफ्लेको ‘यशोधरा’, युवराज नयाँघरेको ‘याकजी’, राजेन्द्र तारकिणीको ‘बिगनरामको मादल’ र अशोक थापाको ‘सन्तापको धून’ रहेका थिए । पुरस्कारमा ५० हजार राशिसहित ताम्रपत्र रहेको छ ।

यसै गरी २०८० सालको अशेष मल्ल–सावित्री रङ्गकर्म पुरस्कार नेपाली रङ्मञ्च र समग्र नाट्यक्षेत्रको विकासमा अग्रणी भूमिका खेल्ने वरिष्ठ रङ्गकर्मी तथा कलाकार हरिहर शर्मालाई प्रदान गर्ने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । यस पुरस्कारमा पनि ५० हजार राशिसहित ताम्रपत्र रहेको छ ।

पुरस्कार आगामी वैशाख ८ गते एक विशेष समारोहबीच काठमाडौँमा अर्पण गरिने जानकारी दिइएको छ । यी दुवै पुरस्कार स्थापनापछि पहिलोचोटि समर्पण गर्न लागिएका हुन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x