साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूर्ख दिवसको सन्दर्भमा

झूटो मान्छे नफरत हुने चाहना राख्नु हुन्न । झूटो खेती असफल हुने सान्त्वना पाइँदैन । आजै हाम्रो अप्रिलफुल हो हुन्न केही भनेर । ढाँट्नू राम्रो पनि त नहुने बुझ्नु है एकफेर ॥

Nepal Telecom ad

भगवतीप्रसाद शर्मा :

ढाँट्नेलाई शुभ समय के मूर्खलाई बचाऊ ।
हाम्रो मूर्ख्याइँ न छ असली योग्यता मुख्य नाउ ।
साँचो बोली हरदम गरौँ हुन्छ राम्रो टिकाउ ।
ढाँट्ने मान्छे क्षणिक मुखका मात्र हुन्छन् बिकाउ ॥१

ढाँटी राखे असफल भई हुन्छ बद्नाम सारा ।
बोली पक्का मनुज बिचमा छैन खानेछ मार
सच्चा बोली जब तक भयो हुन्छ राम्रो मनुष्य ।
यस्ताको नै पछि पनि भलो हुन्छ राम्रो भविष्य ॥२

राम्रो मान्छे कहलिन सके योग्यता हुन्छ हाम्रो ।
दोषी आफू मन वचनको बन्न खोज्दा नराम्रो ।
साँचोको इज्जत दिनहुँ नै राख्छ हाम्रो समाज ।
ढाँट्ने मान्छे परपर हुने शत्रु ठान्छन् समाज ॥३

कस्ताकस्ता दिवस पनि छन् धूर्तलाई इनाम ।
ढाँट्नेलाई गलत नभने हुन्न दोषी हिनाम ।
भन्छन् आजै अप्रिलफुल रे ढाँट साथी मजाले ।
ठूलो घाटा जब हुन पुगे बाबु! ठोक्नू गजाले ॥४

छाला काढ्छन् गलत गरिए झूटको बात गर्दा ।
मान्छे बाँचे सरह नहुने घातको काम गर्दा ।
झूटो बोली असत गरिँदा हुन्न राम्रो कसैको ।
राम्रो बानी सत वचनले प्यार मिल्छन् सबैको ॥५

झूटो मान्छे नफरत हुने चाहना राख्नु हुन्न ।
झूटो खेती असफल हुने सान्त्वना पाइँदैन ।
आजै हाम्रो अप्रिलफुल हो हुन्न केही भनेर ।
ढाँट्नू राम्रो पनि त नहुने बुझ्नु है एकफेर ॥६

०००
खोटाङ

इलस्ट्रेसन : नागरिक न्युज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
असारे भाका गाउँछन् पाका

असारे भाका गाउँछन् पाका

भगवतीप्रसाद शर्मा
बन्न गाह्रो

बन्न गाह्रो

भगवतीप्रसाद शर्मा
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
चाड नै विकृत

चाड नै विकृत

भगवतीप्रसाद शर्मा
ठगको सामर्थ्य

ठगको सामर्थ्य

भगवतीप्रसाद शर्मा
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x