साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बन्जर (२)

कोही छैन सहाय हाय ! तिनको लिन्छन् अरूले सधैँ जो हुन्थ्यो पहिले घट्यो भिड सबै बस्ने र हिड्ने यसै को बुझ्ला तिनको पिडा कति अझै काट्छन् सहाराबिना चौतारी चकमन्न शान्त सरसी बस्तैन कोही यहाँ ।

Nepal Telecom ad

हेम अधिकारी :

चौतारो छ पुरानु दर्शक बनी बुन्दै छ आफ्नो कथा
पैलेदेखि सनातनी र जति छन् चल्दै रहेका व्यथा
लाखौँ कष्ट सही निरन्तर रही रुङ्दैछ भञ्ज्याङमा
मेटे मानिसले थकाइ त्यसमा यात्रा र सञ्जालमा ।

जोडी वृक्ष सधैँ सधैँ बरसँगै अश्वत्थ जागा बसी
गर्छन् ध्यान पवित्र पार्न सबमा आशाभरोसा बनी
चौतारी कसले रच्यो गुण भयो रोपी बरै पिप्पल
बस्तैछन् युगसाक्ष्य सत्व गुणका बाँडी सधैँ शीतल ।

वृद्धावृक्ष रुँगेर गाउँ घरका प्राचीनका वैभव
हुन्छन् शीतल ताप्न ती पथिकका आशाभरोसा सब
सारा वर्षबिते बिते दिन यहीँ थोत्रो भरोसा घर
चौतारी तिनको छ साथ दिलको विश्वासको सुन्दर ।

हामीझैँ बिचरा रुँगी दिनदिनै आँधीहुरी वादल
वर्षा शीत र घामको चहकिलो तातो सबै सामल
जम्मै कष्ट सहेर सादर सधैँ चोखोनितो पातका
श्रद्धासाथ दिने पवित्र पतका छाया सधैँ साथका ।

कोही छैन सहाय हाय ! तिनको लिन्छन् अरूले सधैँ
जो हुन्थ्यो पहिले घट्यो भिड सबै बस्ने र हिड्ने यसै
को बुझ्ला तिनको पिडा कति अझै काट्छन् सहाराबिना
चौतारी चकमन्न शान्त सरसी बस्तैन कोही यहाँ ।

०००
झापा, हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x