साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा दीनानाथ पोखरेलको महाकाव्य लोकार्पण कार्यक्रम

कविराज घिमिरेको अध्यक्षता तथा मुकुन्द शर्मा चालिसेको प्रमुख आतिथ्यतामा स्रष्टा दीनानाथ पोखरेलको तेस्रो कतिको रूपमा महाकाव्य कृति ‘माइपोखरी’ प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा लोकार्पण भएको छ ।

Nepal Telecom ad

काठमाडौं, २०८० चैत २१ । भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपाल भक्तपुरको संयुक्त आयोजनामा कविराज घिमिरेको अध्यक्षता तथा मुकुन्द शर्मा चालिसेको प्रमुख आतिथ्यतामा स्रष्टा दीनानाथ पोखरेलको तेस्रो कतिको रूपमा महाकाव्य कृति ‘माइपोखरी’ प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा लोकार्पण भएको छ ।

कार्यक्रममा कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’, डा. देवी नेपाल, चन्द्रप्रसाद न्यौपाने, डा. इन्दुल केसी, राजन न्यौपाने, डा. सीता सुवेदी पन्थीको विशिष्ट आतिथ्यता रहेको थियो ।

राष्ट्रिय गान तथा शहीदहरूको सम्झनामा मौनधारण पश्चात् कार्यक्रम औपचारिकतातर्फ लम्बिएको थियो । कार्यक्रमका अतिथि तथा दर्शकहरूलाई डा सीता सुवेदी पन्थीले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथिले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको यस लोकापर्ण कार्यक्रममा लोकार्पित कृतिको बारेमा डा. देवी नेपालले अत्यन्तै ओजपूर्ण चर्चा गर्नुभएको थियो ।

यसैगरी मञ्चमा आसिन प्रमुख अतिथि, विशिष्ट अतिथिहरूले स्रष्टा दीनानाथ पोख्रेललाई कृतिगत बधाईं तथा शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी कृतिभित्रबाट फरक फरक सगएबाट पुजन मिश्र, विद्या अनामिका तिवारी, धरणी गुरागाईं, सम्पत काफ्ले, कमलराज केसी, कृष्णप्रसाद पौडेलले पाँच पाच श्लोक रचना वाचन गर्नुभएको थियो ।

स्रष्टा दीनानाथ पोख्रेलका यसअघि ‘श्रद्धाञ्जली शोकखण्डकाव्य’‘मुटुभित्रको माटो’ गरी दुई छन्द कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

जीवनाथ अधिकारीद्वारा सञ्चालित आजको कार्यक्रममा अन्त्यतिर स्रष्टाले लेखकीय मन्तव्य तथा भक्तपुर बुढ्यौली समाजका अध्यक्ष कविराज घिमिरेले कार्यक्रको समापन गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x