फित्काैली डटकममुक्तिनाथ अधिकारीको जीवनीमा आधारित स्मृतिग्रन्थ र वृत्तचित्र सार्वजनिक
कार्यक्रममा संविधानसभा सदस्य शेषनाथ अधिकारी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, बागमति प्रदेश सभा सदस्य शिवराज अधिकारी, नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना, श्रीवास ब्रम्हचारी, ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनै, एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी लगायत उपस्थित हुनहुन्थ्याे ।

मैदी, धादिङ, २०८० चैत २२ । आफू नपढेर पनि मैदीबासीका लागि विश्वविद्यालयजस्तो उचो नाम बनाउन सफल ज्वालामूखी गाउँपालिका वडा नम्बर ३ का मुक्तिनाथ अधिकारीको पहिलो स्मृति दिवस उहाँको निवासमा जीवनीमा आधारित वृत्तचित्र र स्मृति ग्रन्थ सार्वजनिक गरेर मनाइएको छ ।
तत्कालिन मैदी गाउँपञ्चायतमा वि स १९८७ साल असोज १५ गते मुक्तिनाथ अधिकारीको जन्म भएको थियो । ७ वर्षको उमेरमा ब्रतबन्ध गरि ८ वर्षको उमेरमा नन्दकुमारीसँग विवाह भयो । आफू २७ वर्षको हुँदा पत्नी नन्दकुमारीको निधन भएपछि एककुमारीसँग दोस्रो विवाह गरेका अधिकारीका ५ छोरा ५ छोरी छन् ।
पुर्ख्याैली थातथलो किराञ्चाेक, सिरुवानीबाट मैदी बसाइँ सरेर आएका मुक्तिनाथको पुर्खा अहिले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा उच्च ओहदामा समेत पुगेका छन् ।
बाँचुञ्जेल सदैव जनताको हित, मानवधर्म, सामाजिक सेवा र शैक्षिक उन्नयनका लागि आफूलाई सर्मपित गर्नुभएका अधिकारी वि स २०७९ साल चैत्र २ गते ९२ वर्षको उमेरमा निधन भएको थियो ।
आफूले औपचारिक शिक्षा नपाए पनि गाउँमा विद्यालय नभएकोले वि स. २०२१ सालमा शमिभञ्ज्याङ प्रावि स्थापना भएपनि ५ कक्षा भन्दा माथि पढ्का लागि छोराछोरीले गाउँनै छोड्नुपर्ने अवस्थाले उहाँकाे मनमा माथिल्लो तहको विद्यालय खोल्ने चाहना बमोजिम शमिभज्याङ नि मा वि, माध्यामिक, र उच्च माविसम्म स्थापना गर्नुभएकोले गाउँमा शिक्षासेवी भनेर मुक्तिनाथ अधिकारीलाई चिनिन्छ । 
अधिकारीकै पहलमा ठुलोचौर प्रावि मैदी, अमरावती प्रावि मैदी र देउराली प्रावि ससाह लगायतको विद्यालय स्थापना भएका थिए पाइन्छ ।
वडा अध्यक्ष भएर कृषिमा क्रान्ति नै गर्नुभएका अधिकारीले गुठी विर्ता गुठीमा जनताको पक्षमा फैसला गराउन आफैँ अड्डा अदालत पुग्ने र कानुन पढेर जाने मुक्तिनाथ अधिकारीकोे जीवनीमा आधारित ५० मिनेट लामो वृत्तचित्रको लोकार्पण गरिएको छ ।
मुक्तिनाथका बहिनी ८७ वर्षीया बालकुमारी अर्यालले वृत्तचित्रको सार्वजनिकीकरण गर्नुभएको थियो । सीताराम अधिकारीले लेखन, निर्देशन गर्नुभएको वृत्तचित्रमा सामाजिक अगुवाहरुका भनाइहरु समेत समाबेश गरिएकाे छ ।
सोही अवसरमा मुक्तिनाथ स्मृतिग्रन्थको विमोचन समेत गरिएको छ । मुक्तिनाथ स्मृति सेवा समाजद्वारा ३ सय ५२ पृष्ठको स्मृतिग्रन्थमा ५ वटा खण्डमा ८५ विषय शीर्षकका सामग्रीहरू समावेश गरिएको समालोचक डा. रामहरी लम्सालले बताउनुभयो । प्राज्ञ नरनाथ लुइँटेल, डा. रामहरी शर्मा लम्साल, लेखनाथ अर्याल अतिथि सम्पादक रहेको स्मृतिग्रन्थको ज्वालामूखी गाउँपालिका वडा नम्बर ३ स्थित निवासमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।
समाराेहमा सम्पादकका तर्फबाट नरनाथ लुइँटेलले विमाेचित स्मृतिग्रन्थले मुक्तिनाथ अधिकारीलाई मैदीकाे माटाे मात्र हाेइन सिङ्गै धादिङकाे माटाेमा दिगन्तसम्म जीवित राख्ने बताउनु भयाे ।
कार्यक्रममा संविधानसभा सदस्य शेषनाथ अधिकारी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, बागमति प्रदेश सभा सदस्य शिवराज अधिकारी, नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना, श्रीवास ब्रम्हचारी, ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनै, एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी लगायतले मुक्तिनाथ अधिकारीका विविध आयाम, व्यक्तित्व र योगदानमाथि चर्चा गर्दै पदचाप पछ्याउनुपर्ने बताउनुभयो ।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले मुक्तिनाथ अधिकारीकाे व्यक्तित्वमा आधारित कवितापुष्प वाचन गर्नुभएकाे थियाे ।
समाराेहका अध्यक्ष एव जेष्ठ सुपुत्र रामप्रसाद अधिकारी एवम् माहिला सुपुत्र भरत अधिकारीले पिता मुक्तिनाथ अधिकारीकाे वृत्तचित्र निर्माण र स्मृतिग्रन्थमा अमूल्य रचना मार्फत शब्दपुष्प अर्पण गर्ने लेखक, सम्पादन र प्रकाशनमा समय र सिप प्रदान गर्ने अतिथि सम्पादकहरू, समाराेहमा टाढाटाढादेखि सहभागी हुन आउनु भएका अतिथि आगन्तुक र स्थानीय महानुभवहरूप्रति धन्यवाद सहित कृतज्ञता व्यक्त गर्नु भएकाे थियाे ।
०००
– सीताराम अधिकारीद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































