साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चूडामणि रेग्मीलाई ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ अर्पण

अभिव्यक्ति पत्रिकाका संस्थापक तथा संरक्षक नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा श्री रेग्मीलाई प्रमुख अतिथिले सम्मानपत्र प्रदान गर्नु भएको थियो भने 'नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोष'का अध्यक्ष पवन आलोकले माल्यार्पण गर्नु भएको थियो।

Nepal Telecom ad

काठमाडाैं, २०८० चैत्र २२ । एक भव्य समारोह विच ‘जुही’ साहित्यिक पत्रिकाका प्रधान सम्पादक चूडामणि रेग्मीलाई २०८० सालको ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ अर्पण गरिएको छ।

अभिव्यक्ति पत्रिकाका संस्थापक तथा संरक्षक नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा श्री रेग्मीलाई प्रमुख अतिथिले सम्मानपत्र प्रदान गर्नु भएको थियो भने ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोष’का अध्यक्ष पवन आलोकले माल्यार्पण गर्नु भएको थियो।

त्यसरी नै कोषका सदस्य किशोर पहाडीले दोसल्ला ओढाइदिएर, कोषाध्यक्ष शङ्कर भारतीले सम्मान राशि रु. २५ हजार अर्पण गरेर सम्मान गरेका थिए।

बानेश्वर थापागाउँस्थित लेखक कुञ्जको हलमा आयोजित उक्त कार्यक्रममा उपस्थित दर्शकहरूको स्वागत कोषका सदस्य गङ्गा सुवेदीले गर्नु भएको थियो ।

सदस्य श्रीओम श्रेष्ठ रोदनले सबैलाई धन्यवाद दिनु भएको थियो भने कोषकै सदस्य विधान आचार्यले पुरस्कृत व्यक्तिको छनौटको औचित्य प्रष्ट पार्नु भएको थियो।

पुरस्कृत व्यक्तित्व चूडामणि रेग्मीले पनि आफू खुशी भएको भाव व्यक्त गर्दै मन्तव्य दिनु भएको थियो। वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले साहित्यिक पत्रकारिता बारे शुभकामना व्यक्त गर्नु भएको थियो ।

कोषका सदस्य सचिव देविका तिमिल्सिनाद्वारा सञ्चालित समारोहमा उहाँले नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोष साहित्यिक अनुरागीहरूद्वारा थोपा थोपा रकम सङ्कलन गरेर तयार गरिएको अक्षयकोष हो। हाल ७ लाख ५६ हजार १ सय ३७ रूपैयाँ जम्मा भइसकेको कुरा सार्वजनिक गर्नु भयो र यो अक्षयकोष १० लाख रूपैयाँसम्म पुर्याउने लक्ष भएको कुरा प्रष्ट पार्नु भयो।

कोषलाई ५० हजारभन्दा बढी नगद योगदान गर्ने अनुरागीहरूलाई सम्मानपत्र प्रदान गर्ने क्रममा यो वर्ष योगदानकर्ताहरू जीवा लामिछाने, वसन्त चौधरी, राजेश न्यौपाने र गङ्गा सुवेदीलाई प्रमुख अतिथिज्यूबाट सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

सभाध्यक्षबाट माल्यार्पण पनि गरिएको थियो। जीवा लामिछाने र वसन्त चौधरीको तर्फबाट चाहिँ उहाँका प्रतिनिधिहरू खेम लामिछाने र राजेन्द्र शलभ उपस्थित थिए। योगदानकर्ताको तर्फबाट राजेश न्यौपानेले मन्तव्य व्यक्त गर्नु भएको थियो।

सभाध्यक्ष कोषका अध्यक्षता पवन आलोकबाट गरिएको थियो। समारोहमा सभाध्यक्ष र प्रमुख अतिथिबाट पनि मन्तव्य व्यक्त गरिएको थियो।

०००
श्राेत : शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x