फित्काैली डटकमभक्तपुर सुसेली मञ्चको सातौँ शृङ्खला सम्पन्न
मञ्चका अध्यक्ष रामशरण न्यौपाने र जेष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष श्रीराम न्यौपानेद्वयको संयुक्त सभापतित्वमा रप्रमुख अतिथिका रूपमा पूर्व सहसचिव साहित्यकार त्रिलोचन आचार्य रहनुभएको थियो ।

भक्तपुर, २०८० चैत्र २४ । भक्तपुर सुसेली मञ्चको सातौँ शृङ्खला, जेष्ठ नागरिक मिलन चौतारी चाँगुनारायण न पा वडा नं ३, जेष्ठ नागरिक मिलन चौतारी चागुनारायण न पा वडा नं २ र स्थानीयबासीको उल्लेख्य सहभागितामा सम्पन्न भयाे ।
चागुनारायण न पा गेलाल गाउँ निवासी सूर्यकान्त गेलालको ९२औं जन्मउत्सव उहाँकै निवास चा न पा ३ गेलाल गाउँमा अत्यन्तै भब्य कार्यक्रम भएकाे हाे ।
भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपाने र जेष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष श्रीराम न्यौपाने द्वयको संयुक्त सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाल सरकारका पूर्व सहसचिव साहित्यकार त्रिलोचन आचार्य रहनुभएको थियो ।
विशेष अतिथि चाँगुनारायण न पा वडा नं ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमाल रहनुभएको थियोे । जेष्ठ नागरिक मिलन चौतारी चा न पा २ का वडाअध्यक्ष लक्ष्मीभक्त सुवाल, बच्चुराम गेलाल अतिथि रहनुभएको थियो ।
परिवारको तर्फबाट कार्यक्रमका अतिथि सबैलाई समीक्षा गेलालले खादा लगाएर स्वागत गर्नुभएको थियो । वृद्ध सम्बन्धी सुसेली, कविता र भजन प्रस्तुत गरिएको थियो । भक्तपुर सुसेली मञ्चले कल्कीको बिरुवा रोपेर शुभारम्भ गरिएको थियाे ।
कार्यक्रममा जेष्ठ नागरिक मिलन चौतारी चा न पा ३ को तर्फबाट सूर्यकान्त गेलाल र धर्मपत्नी चित्रकुमारी गेलाललाई दोसल्ला टोपी सहित अन्य उपहार प्रदान गर्न चौतारीको तर्फबाट ३१ जना भन्दा बढी सहभागी हुनुभएको थियोे ।
त्यसैगरी प्रमुख अतिथि त्रिलोचन आचार्य ,भक्तपुर सुसेली मञ्चका अध्यक्ष रामशरण न्यौपाने, कोषाध्यक्ष बि के माकजु र अघिल्लो वर्ष सूर्यकान्त चित्रकुमारी पुरस्कार प्राप्त गरेका साहित्यकार देवीप्रसाद मिश्रले पुस्तक उपहार सहित शुभकामना दिनुभएको थियो ।
भक्तपुर सुसेली मञ्चका सचिव डिल्लीप्रसाद मूलतिहुनले सञ्चालन गर्नुभएको कार्यक्रममा विश्वनाथ ढुङ्गेल, राममणि ढुङ्गेल, दधिराम गेलाल, शालिकराम दाहाल, बि के माकजु, समीर गेलाल, टीकाराम गेलालले, सुसेली, कविता, गीत र गजल प्रस्तुत गर्नुभएको थियो ।
लक्ष्मीभक्त सुवाल ,मधुसूदन न्यौपाने, वडाअध्यक्ष श्यामसुन्दर धिमालले शुभकामना मन्तव्य राख्नु भयो भने
प्रमुख अतिथि आचार्यले शुभकामना सुसेली र कविता सहित भक्तपुर सुसेली मञ्चले यो सौभाग्य दिएको भन्दै धन्यवाद दिनुभएको थियोे ।
सभापति रामशरण न्यौपानेले बयानब्बे वर्ष लाग्नु हुने सूर्यकान्त गेलाललाई शुभकामना दिँदै यो अवसर जुटाउने परिवार जन यति ठूलो सङ्ख्यामा उपस्थित भइ कार्यक्रमको गरिमामय बनाइदिनुहुने टोलबासी सबैलाई धन्यवाद दिँदै आफ्ना शुभकामना सुसेली वाचन सहित कार्यक्रम समापन गर्नुभएको थियोे ।
सूर्यकान्त गेलालको परिवारको तर्फबाट विवाह भोजमा झैँ विविध परिकार सहित सबैलाई खानाको व्यवस्स्था गर्नुभएको थियोे ।
०००
-डिल्लीप्रसाद मूलतिहुनद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































