साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेषजराज साहित्य प्रतिष्ठानकाे ७१ औँ शृङ्खला सम्पन्न

कार्यक्रमको प्रमुख अतिथि कवयित्री एवम् प्रतिष्ठानकी आजीवन सदस्य दमकुमारी बगाले र कार्यक्रमका विशिष्ट अतिथि शिक्षासेवी व्यक्तित्व भरतप्रसाद बगाले हुनुहुन्थ्याे ।

Nepal Telecom ad

स्याङ्जा, २०८० चैत २५ । भेषजराज साहित्य प्रतिष्ठानले २०७४ साल जेठदेखि सञ्चालन गर्दै आएको नियमित रचनावाचनको ७१ औँ शृङ्खला शनिबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।

कार्यक्रम वालिङ-८, बगाले टोलमा रहेको श्री गणेश लक्ष्मीनारायण मन्दिरको धर्मशालामा सम्पन्न ऊक्त कार्यक्रमको प्रमुख अतिथि कवयित्री एवम् प्रतिष्ठानकी आजीवन सदस्य दमकुमारी बगालेले भेषजराज साहित्य प्रतिष्ठानको नियमित रचनावाचन कार्यक्रमले म लगायत यस क्षेत्रका धेरै व्यक्तिहरुले साहित्य सृजना गर्न थालेको र रचनावाचनको अवसर प्राप्त गरेको कुरा व्यक्त गर्दै यो कार्यक्रम निन्तर चलिरहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि शिक्षासेवी व्यक्तित्व भरतप्रसाद बगालेले स्रष्टा भेषजराज शर्माको शैक्षिक व्यक्तित्वमाथि प्रकाश पार्नु भएको थियो ।

बगाले टोल समितिका अध्यक्ष रामचन्द्र अर्यालको अध्यक्षता र प्रतिष्ठानका सचिव श्यामप्रसाद ढुङ्गानाले सञ्चालन गरेको उक्त कार्यक्रमा प्रतिष्ठानका सदस्य कवि लेखनाथ काफ्लेले स्वागत मन्तव्यका साथै लधुकथा सुनाउनु भएको थियो ।

यसैगरी कार्यक्रममा कविकवयित्रीहरू ध्रुव शर्मा पंगेनी, कमल बगाले, नारायणप्रसाद रेग्मी, पारीश्वर न्यौपाने, प्रेमप्रसाद सुवेदी, विष्णु पंगेनी पाण्डेलगायत दर्जन बढी स्रष्टाहरूले लघुकथा र कविता वाचन गरेका थिए ।

यस कार्यक्रम साहित्य प्रेमी स्थानीय व्यक्तिहरूको महत्त्वपूर्ण उपस्थितिले ओझिलो बनेको थियो ।

०००
-श्याम ढुङ्गानाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x