साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झसापद्वारा टिकटमा मुक्तक, स्रष्टा सम्मान र पुरस्कार समर्पण

टिकटमा मुक्तक कार्यक्रमअन्तर्गत डडेल्धुराकी पार्वती भट्ट, स्याङ्जाकी अमृता पोख्रेल, धादिङकी निर्मला स्नेहीका साथमा मकवानपुरका स्रष्टाहरू सानु खनाल र दीपक गौतमले ६/६ वटा मुक्तकहरू वाचन गर्नुभयो ।

Nepal Telecom ad

मकवानपुर, २०८० चैत्र २४ । झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले मोरङका मुक्तककार बाबुराम पोखरेललाई सम्मान गरेको छ । पोखरेललाई रु. १५ हजार ५ सय ५५ राशिको ‘शिव-सावित्री अधिकारी स्मृति साहित्य सम्मान’ ले सम्मान गरिएको हो ।

यसअघि सार्वजनिक भएका उत्कृष्ट १० मुक्तकारहरूमध्ये ज्ञानदीप शिक्षा निकेतन माविकी छात्रा आकाङ्क्षा निरौला सर्वोत्कृष्ट हुनु भएको छ । संस्थाले उहाँलाई ५ हजार ५ सय ५५ नगद राशिको ‘शिव-सावित्री मुक्तक पुरस्कार’ र प्रमाणपत्रले सम्मान गरेको छ ।

प्रतियोगितात्मक कार्यक्रममा साहित्य सर्जक पुरूषोत्तम आचार्य र अमृता लामिछानेले निर्णायकको भूमिका निभाउनु भएको हो ।

टिकटमा मुक्तक कार्यक्रमअन्तर्गत डडेल्धुराकी पार्वती भट्ट, स्याङ्जाकी अमृता पोख्रेल, धादिङकी निर्मला स्नेहीका साथमा मकवानपुरका स्रष्टाहरू सानु खनाल र दीपक गौतमले ६/६ वटा मुक्तकहरू वाचन गर्नुभयो ।

मन्तव्यका क्रममा झसापका संस्थापक अध्यक्ष तथा पुरस्कार संस्थापक रमेशमोहन अधिकारीले भन्नुभयो- “कतिपय लेखकहरूले आर्थिक क्षमताका बाबजुद पनि धेरै स्रोतहरूबाट सङ्कलन गरी निकै दुख र कष्टका साथ पुस्तक प्रकाशन गरेको हुन्छ । यस अवस्थामा पुस्तक छापिइसकेपछि पुरस्कार दिनुभन्दा पान्डुलिपिमै पुरस्कार दिने परम्परा बसाउन सके पुस्तक प्रकाशन गर्नमा हौसला मिल्न सक्छ ।”

कार्यक्रममा साहित्य सर्जकहरू भावना सापकोटा, राजकुमार लामिछाने, सागर तिमल्सिना, डिबी बर्तौला, निमेष निखिल, रामकुमार एलन, सुबास सजल, छवि अनित्य, मञ्जु मैनाली, भवानी तिमल्सिना, दिनेश शर्मा आदिको उपस्थिति रहेको थियो ।

झसाप अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा सञ्चालित ३०२ औँ साहित्य शृङ्खलाको अवसरमा आयोजित कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने प्रमुख अतिथि रहनु भएको थियो । मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा सञ्चालित कार्यक्रमलाई झसाप सचिव मसान उपासकले सहजीकरण गर्नु भएको हो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x