फित्काैली डटकमनयाँ वर्षको पूर्व सन्ध्यामा रचना वाचन
उदयपुर साहित्य कला प्रतिष्ठानले शनिवार गाईघाटमा नयाँ वर्ष २०८१ नजिकिदै गर्दाको समयमा नयाँ वर्ष विशेष रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

उदयपुर, २०८० चैत्र २४ । उदयपुर साहित्य कला प्रतिष्ठानले शनिवार गाईघाटमा नयाँ वर्ष २०८१ नजिकिदै गर्दाको समयमा नयाँ वर्ष विशेष रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. कैलाशकुमार राईले अध्यक्षीय मन्तव्य दिंदै विगतका तुलनामा स्रष्टाहरुले वाचन गरेको रचना परिष्कृत हुँदै गएको र उदयपुर साहित्य कला प्रतिष्ठानको यो कार्यक्रमले निरन्तरता पाएपछि स्रष्टाहरु पनि बढ्दै जानुका साथै नयाँ नयाँ स्रष्टाहरु पनि जन्मदै गएकोमा खुसी व्यक्त गर्नु भयो ।
सो रचना वाचन कार्यक्रममा गोठकृष्ण ठकुरी, गोपालकृष्ण तिम्सिना, ओमभक्त ठकुरी, सीमा कुमारी मास्के, हरिशरण खतिवडा, माधव पोखरेल गोज्याङ्ग्रे, डा. कैलाश कुमार राई, सुकदेव चौधरी, चन्द्र नारायण चौधरी, महेन्द्र कुमार राई, खिलानाथ घिमिरे, कुबेर कान्त काफ्ले, हर्क नारायण श्रेष्ठ, कीर्ति बहादुर खड्का लगायतका कविहरुले रचना वाचन गरेको थिए ।
कार्यक्रममा सबैले आउँदो नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदान प्रदान गरेका थिए । उदयपुर साहित्य कला प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले आउँदो २०८१ बैशाख १ गते त्रियुगा नगरपालिका वडा नं ६ स्थित जलजलेमा रहेको गम्भीरबहादुर थापा स्मृति पार्कमा उदयपुर साहित्य कला प्रतिष्ठान र गम्भिर बहादुर थापा साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भव्य रुपले कवि गोष्ठी गर्ने जानकारी दिइएको थियो ।
नेपाल निजामती कर्मचारी संगठन उदयपुरको भवनमा आयोजित सो रचना वाचन कार्यक्रम उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. कैलाश कुमार राईको अध्यक्षतामा र महासचिव माधव पोखरेल गोज्याङ्ग्रेको संचालनमा भएको थियो ।
०००
– माधव पोखरेल गोज्याङ्ग्रेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































