साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनव साहित्य समाजकाे २६६ औँ मासिक शृङ्खला सम्पन्न

अभिनवकाे यस श्रृङ्खलामा गोकर्णेश्वर निवासी आङ डेण्डी शेर्पा (टिका शेर्पा)लाई नगद रु १५,०००/ पन्ध्र हजारसहित दोसल्ला र सम्मान पत्रले सम्मानित पनि गरिएकाे थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८० चैत्र २४ । अभिनव साहित्य समाजले २६६ औं मासिक शृङ्खला अन्तर्गत कवि गोष्ठी, मुसुरी अभिनव बौद्ध दर्शन तथा साहित्य पुरस्कार पहिलो पटक हाल गोकर्णेश्वर निवासी आङ डेण्डी शेर्पा (टिका शेर्पा)लाई नगद रु १५,०००/ पन्ध्र हजारसहित दोसल्ला र सम्मान पत्रले सम्मानित गरियो ।

महिला साहित्यिक जागरणअन्तर्गत चार चरणमा भएको कार्यक्रमहरूबाट विजयीहरूलाई पुरस्कार तथा सम्मापत्र अर्पण कार्य सम्पन्न गरेको छ । गोकर्णेश्वर  न.पा.की उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्य, विमल अर्यालज्यूको सभापतित्व, श्री रामप्रसाद ज्ञवालीको विशिष्ठ आतिथ्य, गायत्री चापागाईँ र गो.न.पा. वडा नं. ६ का अध्यक्ष नवराज लामाको आतिथ्य, शारदा पराजुलीको उद्घोषण र परशुराम पराजुलीको स्वागत मन्तव्यबाट कार्यक्रम शुभारम्भ भएको थियो ।

समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले धन्यवाद ज्ञापन र सम्मानित तथा पुरस्कृत व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्नुभएको थियो । उपप्रमुख सान्नानीले महिला साहित्यिक जागरण कार्यक्रमले महिलाहरूमा सकारात्मक प्रभाव पारिरहेकोले यस कार्यक्रमका निरन्तरमा जोड दिनुभयो ।

विशिष्ठ अतिथि ज्ञवालीले नयाँ वर्षको सुन्दर कविता वाचनको साथै उत्प्रेरणादायी मन्तव्य दिनुभएको थियो । वडा अध्यक्ष तथा अन्य अतिथिहरूले पनि आ-आफ्ना धारणा राख्नुभएको थियो । बी.पी. इलामे र घनश्याम प्रसाईद्वारा व्यवस्थापनको भूमिका निर्वाह गर्नुभएको थियो ।

नारी साहित्य जागरणअन्तर्गत प्रथम चरणमा विद्यार्थीको प्रतियोगिता रहेको थियो । त्यसमा उपस्थितमध्ये ७७ जनाले लेखनमा सहभागी भएकोमा मनिसा सुनुवार मनास्लु वल्र्ड कलेज, दीपशिखा राई महेन्द्र बौध्द मा.वि, स्नेहा कार्की ग्लोवल पब्लीक स्कुल, श्रेया खत्री अरुणिमा शिक्षा सदन र पूणर् कुमारी सुनवार सहयोगी मा.वि. का छात्राहरू प्रथम, द्वितीय, तृतीय र सान्त्वनामा विजयी भएका थियो । द्वितीय चरणमा शिक्षिकाको प्रतियोगिता थियो ।

जम्मा उपस्थित मध्ये २६ जनाले लेखनमा भाग लिनुभएकोमा रचना मोक्तान महेन्द्र बौध्द मा.वि, निर्मला घिमिरे सापकोटा बौद्ध इङ्गलीश स्कुल, लक्ष्मी बस्नेत, साङ्ग्रीला पब्लिकि स्कुल, अमृता खरेल एलिट ग्राण्ड स्कुल र खालिङ राई जेनेसिस एकेडेमी क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनभएको थियो । तृतीय चरणमा नगरपालिका अन्तर्गतका कर्मचारीको प्रतियोगिता थियो ।

उपस्थित महिला कर्मचारीमध्ये, चन्द्रप्रभा उपाध्याय, जानकी अर्याल, कमला नेपाली, मिना कुमारी गुरुङ र प्रजु थापा क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वनामा विजयी हुनुभएको थियो । चौथो चरणमा गृहिणीबीचमा प्रतियोगिता भएको थियो । उपस्थित मध्ये ४४ जनाले लेखनमा भाग लिनुभएकोमा सर्वानन्दा सरस्वती, मीना तामाङ, इन्दु सञ्जेल, लक्ष्मी थापा मगर, दुर्गा भवानी भट्ट क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वनामा विजयी हुनेभएकोमा प्रत्येक चरणका विजयी उपरोक्त क्रमागत पाँच पाँचजना मध्ये प्रथम हुनेलाई रु. १००००/दशहजार, द्वितीयलाई ८०००/आठ हजार, तृतीयलाई ६०००/ छ हजार र सान्त्वना तथा प्रोत्साहित पुरस्कार प्रत्येक चरणको दुईजनालाई ५०००/ पाँचहजारका दरले नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।

कविता वाचनमा सहभागी हुनेहरूमा ओमप्रसाद कोइराला, शम्भु गजुरेल, भगतदास श्रेष्ठ, अर्पणा के.सी, शान्ती सापकोटा, प्रभातीकिरण, दुर्गा भवानी भट्ट, नारायण निरासी, सुशील आचार्य, बद्रीप्रसाद सुवेदी, अनिता दङ्गाल, सरिता घिमिरे, बुद्धि सागर पौड्याल, शान्ती रिसाल, कृतिश त्रिपाठीआदि २२ जना हुनुहुन्थ्यो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x