साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राप्ती साहित्य परिषद्को १६औं साधारणभा र स्रष्टा सम्मान उत्सव

दीपक शर्मा (समीर)को अध्यक्षता एवं नेपाल संस्कृत विश्वविध्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेको प्रमुख अतिथ्यता एवं राप्ती साहित्य परिषदका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यता रहेकाे थियाे ।

Nepal Telecom ad

दाङ, २०८० चैत २४ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६औँ साधारणभा तथा पाँचौँ अधिवेशन शनिवार घोराही उपमहानगर पालिकामा सम्पन्न भयो।

जिल्ला अध्यक्ष दीपक शर्मा (समीर)को अध्यक्षता एवं नेपाल संस्कृत विश्वविध्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेको प्रमुख अतिथ्यता एवं राप्ती साहित्य परिषदका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रा.डा. लामिछानेले राप्ती साहित्य परिषद् यहाँको साहित्यिक कारखाना भएको बताउनु भयो।

यसैगरी विशिष्ट अतिथि संस्थाका संस्थापक अध्यक्षले परिषदको प्रेणादायक भूमिका रहेको बताउनुभयो। राप्ती साहित्य परिषदका निवर्तमान केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालले अहिलेको कार्यसमितिको प्रशंसा गर्नुभएकाे थियो।

प्रगतिशील लेखक संघका सल्लाहकार पद्मप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, नागरिक समाज दाङका संयोजक नीमबहादुर थापा, लगायतले शुभकामना मन्तव्य दिनुभएकाे थियो।

यस अवसरमा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार साहित्यकार नारायण नेपाललाई, कृष्ण गायत्री प्रज्ञा पुरस्कार साहित्यकार यज्ञबहादुर डाँगीलाई, देवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार साहित्यकार छविलाल कोपिलालाई नगद् कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो।

यसैगरी वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँ, राप्ती साहित्यपरिषदका केन्द्रीय अध्यक्ष टीकाराम उदासी, परिषदका दाङ शाखा निवर्तमान अध्यक्ष एवं. हालका सल्लाहकार कमलमणि देवकोटा र विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो भने खेमराज गाउँले र पत्रकार गोविन्द खड्कालाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो।

परिषद्ले आगामि जिल्ला अध्यक्षमा यम रेग्मी, उपाध्यक्षमा सुरेशकुमार पाण्डे, सचिव घनश्याम केसी, सहसचिव वीणा रोका क्षेत्री र कोषाध्यक्षमा सुशीला आचार्य वैद्य सर्वसम्मतिबाट चयन हुनुभयो । सदस्यहरूमा गुरूप्रसाद कुमाल(बुलबुल), अर्जुनकुमार पौडेल, (अर्जुन), कपिल लामिछाने र नारदप्रसाद भण्डारी सर्वसम्मत चयन हुनुभयो।  दुइजना सदस्य कार्यसमितिले थप्ने निर्णय गरेको छ।

सो अवसरमा प्राज्ञ उत्तमकृष्ण मजगैंयाँ, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष टीकाराम उदासी, साहित्यकारहरू नारायण नेपाल, विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, लालबहादुर आरसी, हिरा डिसी, अभिक्षेत्री(समर्पण), कमलमणि देवकोटा, एकनारायण चापागाई, यज्ञबहादुर डाँगी, अर्जुनकुमार पौडेल(अजु), प्रकाश केसी, छविलाल कोपिला, कपिल लामिछाने, श्रवण नेपालीलगायतले रचनावाचन गर्नुभएकाे थियो।

कार्यक्रममा परिषदको वार्षिक मुखपत्र साहित्यपुञ्ज तेस्रो अङ्क विमोचन समेत गरिएको थियो । कार्यक्रम परिषदका सचिव प्रकाश केसीद्वारा स्वागत एवं सञ्चालन गरिएकाे थियाे ।

०००
– सुरेशकुमार पाण्डेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x