फित्काैली डटकमसासुप मिरिकको एकसय पाँचौँ मासिक कार्यक्रम श्रृङ्खला
साहित्य सुनौँ परिवार मिरिक (सासुप )संस्थाका अध्यक्ष राजबहादुर राईको अध्यक्षता तथा केसाङ लामाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सुमित्रा रुम्दालीको विशिष्ट आतिथ्य रहेको थियो ।

मिरिक / ६ अप्रेल २०२४ अर्थात् २४ चैत २०८० शनिवारका दिन दार्जिलिङ जिल्लाको मिरिक नगरपालिकाअन्तर्गत प्रेमचन्द्र स्मृति पुस्तकालयको सभा हलमा र यही नपामा स्थापित साहित्यिक संस्था साहित्य सुनौँ परिवार मिरिक (सासुप )ले आफ्ना नियमित गरिँदै आएको कार्यक्रमअन्तर्गतको यो एकशय पाँचौँ मासिक कार्यक्रम श्रृङ्खला सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष राजबहादुर राईको अध्यक्षता तथा केसाङ लामाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सुमित्रा रुम्दालीको विशिष्ट आतिथ्य रहेको थियो । मञ्चासिन अतिथिवर्गलाई खदार्पणपछि दीप प्रज्ज्वलन गरी कार्यक्रमको घुम्टी खोलिएको हो ।
यसै प्रसङ्गमा केही मन्तव्य, रचनावाचन, संस्थाको नियमित कर्महरूको सूचीमा विगतका कर्मको स्मरण, वर्तमानको व्यवस्थापन र भोलि वा आगामी दिनहरूमा गर्ने कार्यहरूको बारेमा छलफल, विश्लेषण तथा तयार गरिएको कार्ययोजनालाई बुँदागत रूपमै सर्वसम्वत अनुमोदन गरिएको थियो । विगतका दिनमा अगमसिँह गिरी साहित्यिक प्रतिष्ठान सौरेनीसँग समन्वय गरी संयुक्त रूपमा नेपाल पोएट आइडलमा प्रतिस्पर्धा गरिरहेका अनिल विद्रोही उर्फ ‘गोर्खे चार्ली’ लाई भोट अपिल गरिदिएको हो । औचित्यको क्रममा सचिव शीला लामाले बताइन् ।
त्यसैगरी कार्यक्रममा अघिल्लो कार्यक्रमको प्रस्तावहरू सह-सचिव दीप प्रधानले प्रस्तुत गरेका थिए भने मिरिकलाई केन्द्र बनाई यसैको आसपासमा हुने गरेका र भइरहेका साहित्यिक कार्यक्रमको गतिविधिबारे उपस्थित सदस्यहरूले आ-आफ्ना मन्तव्य राखेका थिए ।
आगामी हुने भानुजयन्ती र नेपाली भाषा मान्यता दिवस यही संस्थाले मिरिकका विभिन्न विद्यालयहरूसँग समन्वय गरिने प्रस्ताव पारित गरिएको थियो । साथै संस्थाको तर्फबाट प्रकाशन हुँदै आएको पुस्तक पाँचौँ अङ्क प्रकाशोन्मुख रहेको जानकारी गराउदै साहित्यकारहरूबाट उचित रचनाहरू अपेक्षा गरिएको र उक्त अङ्क वरिष्ठ साहित्यकार अर्जुन प्रधानमा केन्द्रित रहने कुरा उपस्थित सबैमा जानकारी गराइएको थियो ।
त्यसैगरी आगामी ४ मई २०२४ का दिन संस्थाले वसन्तोत्सव/ वैशाख उत्सव भव्य रूपमा मनाउने निर्णय भएकाले इच्छुक साहित्यकारहरूले २४ अप्रेल २०२४ मा क्रमशः अध्यक्ष , सचिव र कोषाध्यक्ष राजबहादुर राई , शीला लामा र डा.कमला तामाङसँग सम्पर्क राख्न अनुरोध गरिएको व्यहोरा पनि सार्वजनिक गरिएको थियो ।
आगामी दिनमा गरिने साहित्यिक कार्यक्रम साहित्य एकाडेमी दिल्लीसँग संयुक्त रूपमा मिरिकमा नै गरिने प्रस्ताव पनि पारित गरिएको थियो ।
यसै क्रममा मञ्चासिन अतिथिवर्गबाट संस्थाको उत्तरोत्तर प्रगति र समृद्धिको कामना पनि व्यक्त भएका थिए । त्यसो त मिरिककी शान नारी हस्ताक्षर डा.कमला तामाङ भर्खरै साहित्य एकाडेमी दिल्लीमा भएको साहित्यिक कार्यक्रममा सहभागी भई फर्किएकी थिइन् । आजको कार्यक्रममा पारसमणि राई र अङ्कित गजमेरको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यतिर अमर दुङ्माली – मुक्तक, एसबी गजमेरले कवि दीप प्रधानको रचना आवृत्ति शीर्षकको- कविता, अजम प्रधान- कथा, जीनर घतानी – कविता, डा.कमला तामाङ- कविता, गणेश बराइली- गजल, एसबी थापाले श्रद्धाञ्जली शीर्षकको- कविता र शीला लामाले- कथा आदि रचनाहरू स्रष्टाहरूले प्रस्तुत गर्नुभएको थियो ।
अन्त्यमा संस्थाका अध्यक्ष राजबहादुर राईको तर्फबाट आजको कार्यक्रमको छोटकरी समीक्षासहित कार्यक्रम विधिवत रूपमा समापन भएको जानकारी भएको थियो ।
साहित्य सुनौँ परिवार मिरिकको आयोजना रहेको सो कार्यक्रममा संस्थाकी सचिव शीला लामाको सञ्चालन, स्वागत मन्तव्य र औचित्यसमेत रहेको स्रष्टा दीप प्रधानले जानकारी दिए ।
०००
मेची प्रतिनिधि नदी भट्टराईद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































