साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

गाई नै कहाँ बन्न सक्छ र गधालाई धोएर ? दोषी कसरी निर्दोष बन्छ र धरधरी रोएर ? ऐन कानून नचाहिने भो कसम खाए पुग्ने भा निर्दोष सावित हुन्छ र तामा तुलसी छोएर ?

Nepal Telecom ad

नानु राना थापा :

१.
जीवन जिउँने कला नाटकमा पनि जीवन्त देखेँ
सुरुवात मात्र हैन जीवनको लभभग अन्त देखेँ
धेरै देखेँ र भोगेँ आजसम्म, स्वार्थी रहेछ संसार
पैसा जिन्सी दिदा मात्र खुशी हुने आफन्त देखेँ !

२.
सङ्गत गर्न गाह्रो यहाँ कसैलाई नटेर्नेहरू छन्
मान्छे कसरी चिन्नु प्रायः स्वार्थ हेर्नेहरू छन्
साथी संगतिको त के कुरा भयो र हजुर यहाँ
मागेको कुरा नपाए भगवान पनि फेर्नेहरू छन् ।

३.
गाई नै कहाँ बन्न सक्छ र गधालाई धोएर ?
दोषी कसरी निर्दोष बन्छ र धरधरी रोएर ?
ऐन कानून नचाहिने भो कसम खाए पुग्ने भा
निर्दोष सावित हुन्छ र तामा तुलसी छोएर ?

०००
स्याङ्जा, हाल बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

नानु राना थापा
तीन ठोक्तक

तीन ठोक्तक

नानु राना थापा
पाँच ठोक्तक

पाँच ठोक्तक

नानु राना थापा
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x