साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

कुनै बन्ने बनाउने दौडधूप र जोडघटाउमा छन् तर जनताहरू भने तिनै नेताको बहकाउमा छन् पानी धमिल्याउँनेहरूको जमात छ हेर यहाँ, त्यही धमिलो पानीमा माछा मार्ने दाउमा छन ।

Nepal Telecom ad

नानु राना थापा  :

१.
झुपडीबाट अहिले शहरमा बनाए दरबार
गठबन्धन गरि जित्छन् जनताकै हुन्छ हार
भन्नलाई त भन्छन् समाज सेवा रे राजनीति
तर समाज सेवा हैन राजनीति भयो व्यापार !

२.
जनतालाई उल्लु बनाएर ढाट्छन् बारम्बार
त्यहीँ ढाट्नेलाई नै दिन्छन् भोट लगातार
बनाउँछौं विदेशी नागरिक भन्छन् कुन दिन
नेताज्यू कहिले भन्ने स्वदेशमै दिन्छौ रोजगार ?

३.
निःशुल्क भिसामा युवा जति विदेश पठाएर
कमाउँछन् जनताको हाड चन्दन झैं घोटाएर
श्रम सम्झौताको नाममा विदेशमा घुम्ने दाउ
देशका बाँकी लाटो सोझोलाई मूर्ख बनाएर ।

४.
युवा जति विदेश पठाउँछु भन्ने
त्यहीँ रेमिट्यान्सको नगद गन्ने
कस्तो राजनीति गर्छौ हे नेताज्यू ?
लाटो देशको गाँडो तन्नेरी बन्ने ?

५.
कुनै बन्ने बनाउने दौडधूप र जोडघटाउमा छन्
तर जनताहरू भने तिनै नेताको बहकाउमा छन्
पानी धमिल्याउँनेहरूको जमात छ हेर यहाँ,
त्यही धमिलो पानीमा माछा मार्ने दाउमा छन ।

०००
बेलायत ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

नानु राना थापा
तीन ठाेक्तक

तीन ठाेक्तक

नानु राना थापा
तीन ठोक्तक

तीन ठोक्तक

नानु राना थापा
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x