केशव ज्ञवाली ‘आगत’भ्रष्टाचारीको अनुहार
हिजो तिमीसँग दरबार नभए पनि सुन्दर घरबार थियो परिवार थियो देश थियो कदाचित् दुनियाँ पनि तिमीसँग मुसुक्क हाँस्थ्यो

केशव ज्ञवाली ‘आगत’ :
भोकभन्दा धेरै
भ्रष्टाचारको लत लागेर
बेहिसाब जम्मा गरिएको
तिम्रो अवैध अर्थको
अँध्यारोमुनि लुकेर
कसकसले मोज गरे तर
तिम्रा अपराधहरूको
आयतनको नाप
समयले थाम्न नसकेपछि
अहिले तिमी जेलमा छौ र
बाहिर तिम्रो भ्रष्टाचारी अनुहार ।
हिजो तिमीसँग दरबार नभए पनि
सुन्दर घरबार थियो
परिवार थियो
देश थियो
कदाचित् दुनियाँ पनि
तिमीसँग मुसुक्क हाँस्थ्यो तर
अहिले तिम्रा आफ्नै छोराछोरीहरू
जेलको अँध्यारो कुनामा बसेर
एकैछिन तिमीसँग मुसुक्क हाँस्न सक्दैनन् ।
अब तिमीसँग जति समय बाँकी छ
आफ्नै छोराछोरीसँग पनि
आफ्नो अनुहार लुकाएर हिँड्नु
ताकि
तिमीलाई देखे भने बाटोमा
तिम्रा छोराछोरीहरूले पनि
आफ्नो अनुहार लुकाएर हिँड्नु नपरोस् ।
०००
रुरुक्षेत्र, गुल्मी
हाल-सूर्यविनायक, भक्तपुर ।
Subscribe
Login
0 Comments
Oldest






































