साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धको अवस्था र दायित्व

खराबी आमामा असल गुणको हुन्न चयन । पिता त्यस्तै बन्दा तिरमिर हुने हुन्छ नयन ।। बिगार्दै छौँ हामी किन र यसरी सन्ततिहरू । बनौँ हामी आफैँ असल पहिला हुन्न र बरु ।।

Nepal Telecom ad

कविराज घिमिरे :

बनेका छन् वृद्धा युवकयुवतीझैँ रहरिला ।
खटेका छन् रातोदिन सकसले निर्मम सदा ।।
गए छोराछोरी अलिकति कमाऊँ कि त भनी ।
विदेशी माटोमा लुटुपुटु भए जीवन खनी ।।

यहाँ छैनन् औद्योगिक कल सबै बेचिन गए ।
बिरोजी छन् मान्छे सकल दुनियाँ आजित भए ।।
भरोसा देख्तैनन् जिउन पनि गार्‍हो हुन गयो ।
व्यवस्था गर्नेको अबुझ किन उल्टो मति भयो ।।

खुसी हौँ वृद्धा झन् सकुशल बनौँ वृद्ध मन यी ।
कमाएको जे हो धन जतन होस् सञ्चय जति ।।
बसी छोराछोरी रजगज गरून् जो छ नजिक ।
भनी इच्छा गर्छन् जनकजननी सन्ततिसित ।।

लफङ्गा जो बन्छन् अपजस हुने मान्यजनमा ।
कि साँच्चै हौँ त्यस्तै जनकजननी छौँ विफलमा ।।
घरैमा बिग्रिन्छन् कतिपय सुता वा सुत पनि ।
छ कस्तो हाम्रोमा मनन अब होस् भन्छु मपनि ।।

खराबी आमामा असल गुणको हुन्न चयन ।
पिता त्यस्तै बन्दा तिरमिर हुने हुन्छ नयन ।।
बिगार्दै छौँ हामी किन र यसरी सन्ततिहरू ।
बनौँ हामी आफैँ असल पहिला हुन्न र बरु ।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x