सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वृद्धको अवस्था र दायित्व

खराबी आमामा असल गुणको हुन्न चयन । पिता त्यस्तै बन्दा तिरमिर हुने हुन्छ नयन ।। बिगार्दै छौँ हामी किन र यसरी सन्ततिहरू । बनौँ हामी आफैँ असल पहिला हुन्न र बरु ।।

Nepal Telecom ad

कविराज घिमिरे :

बनेका छन् वृद्धा युवकयुवतीझैँ रहरिला ।
खटेका छन् रातोदिन सकसले निर्मम सदा ।।
गए छोराछोरी अलिकति कमाऊँ कि त भनी ।
विदेशी माटोमा लुटुपुटु भए जीवन खनी ।।

यहाँ छैनन् औद्योगिक कल सबै बेचिन गए ।
बिरोजी छन् मान्छे सकल दुनियाँ आजित भए ।।
भरोसा देख्तैनन् जिउन पनि गार्‍हो हुन गयो ।
व्यवस्था गर्नेको अबुझ किन उल्टो मति भयो ।।

खुसी हौँ वृद्धा झन् सकुशल बनौँ वृद्ध मन यी ।
कमाएको जे हो धन जतन होस् सञ्चय जति ।।
बसी छोराछोरी रजगज गरून् जो छ नजिक ।
भनी इच्छा गर्छन् जनकजननी सन्ततिसित ।।

लफङ्गा जो बन्छन् अपजस हुने मान्यजनमा ।
कि साँच्चै हौँ त्यस्तै जनकजननी छौँ विफलमा ।।
घरैमा बिग्रिन्छन् कतिपय सुता वा सुत पनि ।
छ कस्तो हाम्रोमा मनन अब होस् भन्छु मपनि ।।

खराबी आमामा असल गुणको हुन्न चयन ।
पिता त्यस्तै बन्दा तिरमिर हुने हुन्छ नयन ।।
बिगार्दै छौँ हामी किन र यसरी सन्ततिहरू ।
बनौँ हामी आफैँ असल पहिला हुन्न र बरु ।।

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वृद्ध

वृद्ध

कविराज घिमिरे
वृद्ध

वृद्ध

कविराज घिमिरे
सुकन्या (बुढ्याैली)

सुकन्या (बुढ्याैली)

कविराज घिमिरे
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य
‘बा’ काव्यांश- (२२)

‘बा’ काव्यांश- (२२)

दीनानाथ पाेखरेल