साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रगतिवाद

साहित्यकारज्यूहरूले पनि देश दुनियाँबाट केही सिक्नुस् । धेरै टाढाको कुरा किन पत्रकार मित्रहरूबाट सिक्नुस् । उहाँहरूले प्रगति गर्न थालेको पाँच सात वर्षमै कत्रो प्रगतिवाद ल्याउनु भयो । प्राय सबैका नयाँ घर छन् । गाडी छन् ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

तोकिएको समयभन्दा लगभग एकघण्टापछि उहाँ आउनु भयो ।

उहाँ यस क्षेत्रकै चर्चित व्यवसायी र समाजसेवी । भर्खरै अमुक पार्टी प्रवेश गरेर केन्द्रिय सदस्य बन्नु भएका उहाँ “नेपाली साहित्यमा प्रगतिवाद” विषयक बहस कार्यक्रमका मुख्य वक्ता र प्रमुख अतिथि दुवै हो ।

उद्घोषकले आफ्नो नाम उच्चारण गरेको सुनेपछि उहाँ गजराज गतिमा माइक्रोफोनमा मुख जोड्न पुग्नु भयो । बल गरेरै लामो फु… गर्नु भयो र आफ्नो भाषण सुरु गर्नु भयो ।

“यो जुन प्रगतिवाद छ त्यो जीवन दर्शन र कलासँग सम्बन्धित छ जस्तो मलाई लाग्छ । किनभने आखिर हामी सबै नै प्रगति चाहन्छौँ । हाम्रै कुरा गरौँ, हामी व्यवसायीहरू बडो जोखिम लिएर प्रगति गरिरहेका छौँ र देशलाई पनि प्रगतिवादतर्फ डोर्‍याइरहेका छौँ । निजीक्षेत्रले देशको प्रगतिमा दिएको योगदानको मूल्याङ्कन के त ?”

“तपाईं साहित्यकारज्यूहरू पनि कुरा त प्रगतिवादको गर्नु हुन्छ तर जाबो एउटा कार्यक्रम गर्न पनि तपाईंहरूसँग पैसा छैन । अनि कसरी प्रगतिवाद आउँछ ?”

“मेरो सुझाव छ, साहित्यकारज्यूहरूले पनि देश दुनियाँबाट केही सिक्नुस् । धेरै टाढाको कुरा किन पत्रकार मित्रहरूबाट सिक्नुस् । उहाँहरूले प्रगति गर्न थालेको पाँच सात वर्षमै कत्रो प्रगतिवाद ल्याउनु भयो । प्राय सबैका नयाँ घर छन् । गाडी छन् । यस्तो प्रगति साहित्यकारले किन गर्नु हुन्न ? सधै काँधमा झोला र खुट्टामा हवाई चप्पल भिरेर प्रगतिवाद आउँछ ? अब तपाईँहरूको पनि प्रगति हुनु पर्छ । अनि मात्र साहित्यमा पनि वास्तविक अर्थमा प्रगतिवाद आउँछ । त्यसका लागि मेरोतर्फबाट जे गर्न पर्छ गर्न म तयार छु ।” यतिभन्दै उहाँले आफ्नो मन्तव्य टुङ्ग्याउनु भयो ।

हल तालीको गड्गडाहटले गुञ्जायमान भयो ।

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x