सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रगतिवाद

साहित्यकारज्यूहरूले पनि देश दुनियाँबाट केही सिक्नुस् । धेरै टाढाको कुरा किन पत्रकार मित्रहरूबाट सिक्नुस् । उहाँहरूले प्रगति गर्न थालेको पाँच सात वर्षमै कत्रो प्रगतिवाद ल्याउनु भयो । प्राय सबैका नयाँ घर छन् । गाडी छन् ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

तोकिएको समयभन्दा लगभग एकघण्टापछि उहाँ आउनु भयो ।

उहाँ यस क्षेत्रकै चर्चित व्यवसायी र समाजसेवी । भर्खरै अमुक पार्टी प्रवेश गरेर केन्द्रिय सदस्य बन्नु भएका उहाँ “नेपाली साहित्यमा प्रगतिवाद” विषयक बहस कार्यक्रमका मुख्य वक्ता र प्रमुख अतिथि दुवै हो ।

उद्घोषकले आफ्नो नाम उच्चारण गरेको सुनेपछि उहाँ गजराज गतिमा माइक्रोफोनमा मुख जोड्न पुग्नु भयो । बल गरेरै लामो फु… गर्नु भयो र आफ्नो भाषण सुरु गर्नु भयो ।

“यो जुन प्रगतिवाद छ त्यो जीवन दर्शन र कलासँग सम्बन्धित छ जस्तो मलाई लाग्छ । किनभने आखिर हामी सबै नै प्रगति चाहन्छौँ । हाम्रै कुरा गरौँ, हामी व्यवसायीहरू बडो जोखिम लिएर प्रगति गरिरहेका छौँ र देशलाई पनि प्रगतिवादतर्फ डोर्‍याइरहेका छौँ । निजीक्षेत्रले देशको प्रगतिमा दिएको योगदानको मूल्याङ्कन के त ?”

“तपाईं साहित्यकारज्यूहरू पनि कुरा त प्रगतिवादको गर्नु हुन्छ तर जाबो एउटा कार्यक्रम गर्न पनि तपाईंहरूसँग पैसा छैन । अनि कसरी प्रगतिवाद आउँछ ?”

“मेरो सुझाव छ, साहित्यकारज्यूहरूले पनि देश दुनियाँबाट केही सिक्नुस् । धेरै टाढाको कुरा किन पत्रकार मित्रहरूबाट सिक्नुस् । उहाँहरूले प्रगति गर्न थालेको पाँच सात वर्षमै कत्रो प्रगतिवाद ल्याउनु भयो । प्राय सबैका नयाँ घर छन् । गाडी छन् । यस्तो प्रगति साहित्यकारले किन गर्नु हुन्न ? सधै काँधमा झोला र खुट्टामा हवाई चप्पल भिरेर प्रगतिवाद आउँछ ? अब तपाईँहरूको पनि प्रगति हुनु पर्छ । अनि मात्र साहित्यमा पनि वास्तविक अर्थमा प्रगतिवाद आउँछ । त्यसका लागि मेरोतर्फबाट जे गर्न पर्छ गर्न म तयार छु ।” यतिभन्दै उहाँले आफ्नो मन्तव्य टुङ्ग्याउनु भयो ।

हल तालीको गड्गडाहटले गुञ्जायमान भयो ।

०००
भैरहवा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
यो देश रक्षा गर

यो देश रक्षा गर

रुद्र ज्ञवाली
खलपात्र

खलपात्र

रुद्र ज्ञवाली
घर्षणवाद

घर्षणवाद

रुद्र ज्ञवाली
कुराको कुरौनी

कुराको कुरौनी

रुद्र ज्ञवाली
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी