साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छैन खाँटी चिनारी

तित्रा, तम्मे ढुकुर सकिए, च्याखुरा बास्न लेक। ढुम्री, कल्ली र छिट गुनियो चिन्न छोडे घलेक। अंग्रेजीका लबज मिसिए खाम बोली बिगारी। जोतारो के भिमट,करुवा छैन खाँटी चिनारी।

Nepal Telecom ad

विष्णुहरि पौडेल ;

छैनन् थुर्मी, सिमम, गबुवा, दूध तात्ने भदाली।
छैनन् लैना, बहर र खसी गोठ देखिन्छ खालि।
छोडे मान्छे रहन रिपमा मासियो रोजगारी।
पुर्ख्यौली संस्कृति, सत, चिनो छैन खाँटी चिनारी ।१।

चौतारी पी-पल वर ढले लाँकुरी बोट छैनन्।
लाएछन् डोजर अब सिँढी,प ोखरी देखिँदैनन्।
छैनन् चुड्का, भजन मुजुरा खैँजडी, वेलघारी ॥
रैथाने संस्कृति चलन खै ? छैन खाँटी चिनारी ।२।

काट्नै छोडे खर, घर कहाँ मिल्नु राते,कमेरे।
रोप्ने छोडे सिम बगर खै दाइँ छैनन् दँयेरे।
डाँडा काट्यो श्रम र पसिना दूर मुग्लान पारि।
सिस्नो उम्र्यो विजन छ डिही छैन खाँटी चिनारी ।३।

पातीघारी, सिरु र खरले गाउँ ढाक्यो गँजाई ।
बारी, पाखातिर चह-चहै लाखु गर्छन् रजाइँ ।
खेतीपाती छ र अब कहाँ सुन्तला, आँपघारी।
सामा, कोदो, टिमुर, मरटी छैन खाँटी चिनारी ।४।

तित्रा, तम्मे ढुकुर सकिए, च्याखुरा बास्न लेक।
ढुम्री, कल्ली र छिट गुनियो चिन्न छोडे घलेक।
अंग्रेजीका लबज मिसिए खाम बोली बिगारी।
जोतारो के भिमट,करुवा छैन खाँटी चिनारी।५।

ल्यायो नौलो चलन युगले नाचियो,जाँचिएन।
ताछ्यौँ, खुर्क्यौँ खुरुखुरु निजी सभ्यता साँचिएन।
फाल्यौ जाँतो न छ अब ढिकी कोल, कात्ती निखारी।
बिर्स्यौँ अर्ग्यानिक चिज निजी, छैन खाँटी चिनारी।६।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x