साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिर्जना खनालको अर्को सिर्जना लोकार्पण भयो

प्रमुख अतिथि बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहेका परिश्रमीले गजलसङ्ग्रहकी सर्जक सिर्जना खनालको साहित्यप्रतिको नियमित साधनाका कारण यो सङ्ग्रह प्रकाशन हुन सकेको बताए ।

Nepal Telecom ad

भैरहवा, २०८० चैत्र २५ । एक भव्य समारोहका बिच सिर्जना खनालको “उच्छ्वास” गजलसङ्ग्रह लोकार्पण भएको छ ।

शनिवार होटेल एसियन बुद्धमा साहित्यकारहरूको उपस्थितिमा प्रमुख अतिथि वरिष्ठ गजलकार डा. घनश्याम परिश्रमीकाे प्रमुख आतिथ्यमा उक्त कृतिको विमोचन गरिएकाे हाे । कार्यक्रमका लगायत समीक्षक रुद्र ज्ञवाली साथै परिवारका सदस्यहरूले सयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए l

प्रमुख अतिथि बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति समेत रहेका परिश्रमीले गजलसङ्ग्रहकी सर्जक सिर्जना खनालको साहित्यप्रतिको नियमित साधनाका कारण यो सङ्ग्रह प्रकाशन हुन सकेको बताए ।

सिर्जना खनालको यो तेस्रो कृति हो । यस अघि उनले कविता सङ्ग्रह र एक महाकाव्य प्रकाशन गरिसकेकी छिन् । सिर्जना खनाल यस क्षेत्रकी महाकाव्य लेख्ने एक मात्र नारी स्रस्टा हुन् ।

विमोचित कृतिको समीक्षा साहित्यकार रुद्र ज्ञवालीले गरेका थिए । समीक्षक ज्ञवालीले लेखिकाको प्रयासलाई प्रशंसा गर्दै कृतिमा देखिएका कमि कमजोरीलाई औँल्याएका थिए ।

कार्यक्रममा डिल्लीराज भट्टराई, रमेश समर्थन, कमल पोखरेलले शुभकामना व्यक्त गरेका थिए । त्यस्तै स्रस्टाका गजललाई सुरज घिमिरे दिपशिखा, यज्ञलाल सुवेदीले गायन गरेका थिए । कार्यक्रमको संयोजन लिडरशिप स्किल्स डेभलपमेन्ट ट्रेनिंग नामक संस्थाले गरेको हाे । कृतिकार उक्त संस्थाकी सदस्य पनि हुन् । मंगल खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उपस्थितिलाई मिनिता थापाले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन साहित्यकार बसन्ता कोइराला गौतमले गरेकी थिइन् । यी दुबै संयोजन गर्ने संस्था लिडर शिप स्किल्स डेभलपमेन्ट ट्रेनिङका सदस्यहरू हुन् l

विभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै उपस्थित व्यक्तित्वले उच्छवास सङ्ग्रहको प्रशंसा गर्दै स्रष्टालाई बधाई एवम् शुभकामना दिएका थिए ।

सर्जक सिर्जना खनालले सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समयको मागलाई मनन गर्दै गहन अध्ययनका साथ अगाडि बढ्दै साहित्य सृजनामा लाग्ने कुरा व्यक्त गरेकी थिइन् ।

०००
– कलानिधि दाहालकाे साैजन्यबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x