साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भीम विराग प्रतिष्ठानले राजेन्द्र थापा र निशा देसारलाई सम्मान गर्ने

रु. १ लाख राशिको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट थापा सम्मानित हुन लाग्नु भएको हो भने रू. २५ हजार राशिको भीम विराग युवा सङ्गीत पुरस्कार २०७९ बाट देसार सम्मानित हुन लाग्नु भएको हो ।

Nepal Telecom ad

मकवानपुर, २०८० चैत्र २६ । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले वरिष्ठ गीतकार राजेन्द्र थापा र गायिका निशा देसारलाई सम्मान गर्ने भएको छ ।

रु. १ लाख राशिको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट थापा सम्मानित हुन लाग्नु भएको हो भने रू. २५ हजार राशिको भीम विराग युवा सङ्गित पुरस्कार २०७९ बाट देसार सम्मानित हुन लाग्नु भएको हो ।

यही चैत्र २९ गते होटल एभोकाडोमा आयोजना हुने कार्यक्रममा १५औँ संस्करणको कार्यक्रम हो । उद्यमी-व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले वि.सं. २०६४ मा आफ्नी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा स्थापित बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कारबाट यसअघि गीत तथा सङ्गीत क्षेत्रका सशक्त व्यक्तित्वहरू अम्बर गुरूङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), दीप श्रेष्ठ (२०६९), प्रकाश श्रेष्ठ (२०७०), न्हुच्छेबहादुर डङ्गोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की (२०७४), दावा ग्याल्मो (दीपक जङ्गम) र किरण प्रधान (२०७९) सम्मानित भइसक्नु भएको छ ।

प्रतिष्ठानले प्रदान गर्ने अन्य सम्मान तथा पुरस्कारहरू तुलसीमाया-शिवकुमारी सिर्जनशील नारी पुरस्कार, भीम-मथुरा बाल प्रतिभा पुरस्कार, कमला-भवानी सङ्गीत पुरस्कार, शीला नारी सङ्गीत पुरस्कार, हर्षनर बज्राचार्य स्मृति स्वर्ण पुरस्कार, विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार, अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार हुन् ।

२०५९ भाद्र ७ गते स्थापना भएको प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रको उन्नयनमा देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनु भएका सर्जक, स्रष्टाहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिनु भएको छ ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x