फित्काैली डटकमएघार जना विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८० अर्पण
विशिष्ट स्रष्टाहरू खगेन्द्र सङ्ग्रौला, मोहनविक्रम सिंह, शान्ता श्रेष्ठ, घनश्याम शर्मा पौडेल, कृष्ण गौतम, प्रा.डा. देवीप्रसाद गौतम, बम देवान, राजव, गङ्गा कर्माचार्य र पदम विश्वकर्मालाई विभिन्न नामका प्रज्ञा पुरस्कारद्वारा सम्मानित गरियाे ।

काठमाडौँ, २०८० चैत २८ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा आयोजित एक समारोहबिच ११ जना विशिष्ट स्रष्टाहरूलाई जनही रू एक लाख राशिको प्रज्ञा पुरस्कार- २०८० अर्पण गरियाे ।
यसै क्रममा कुलपति राईद्वारा खगेन्द्र सङ्ग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार, मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार, शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार, प्रा.डा. देवीप्रसाद गौतमलाई प्रज्ञा भाषा पुरस्कार, बम देवानलाई प्रज्ञा साहित्य पुरस्कार (पद्य), राजवलाई प्रज्ञा साहित्य पुरस्कार (गद्य), गङ्गा कर्माचार्यलाई प्रज्ञा बाल पुरस्कार, प्रज्ञा मातृभाषा साहित्य (हिमाली/पहाडी) पुरस्कार डा.योगेन्द्र प्रधान र पदम विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कार अर्पण गरिएकाे छ ।
स्मरण रहाेस् प्रज्ञा मातृभाषा पुरस्कार (तराई/मधेस) बाट बेचन उराँव अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा गत महिना धरानमा आयाेजित कार्यक्रममा पुरस्कृत भइसक्नु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले विशिष्ट स्रष्टाहरूलाई पुरस्कृत गर्न पाउँदा आफू गौरवान्वित रहेको चर्चा गर्दै प्रज्ञा-प्रतिष्ठानलाई सबैको साझा थलोको रूपमा आफूले अघि बढाउने बताउनुभएको थियोे । यसै क्रममा उहाँले समाजले उत्पादन गरेको ज्ञानबारे बहस गर्दै प्रतिष्ठानले प्रतिपक्ष र विरोधी चेतनालाई समेत समेट्ने बताउनुभएको थियोे ।
यसैगरी प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले स्वागत मनतव्य र सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।
यस कार्यक्रममा प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टा व्यक्तित्वहरूले समेत आआफ्नो मन्तव्य राख्नुभएको थियोे ।
०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा सम्प्रेषित
Subscribe
Login
0 Comments
Oldest










































