फित्काैली डटकमनाट्यकृति ‘लासमाथिको मानवता’ मा अन्तरक्रिया कार्यक्रम
साहित्यकार डा. पुरण राईको नवीन एकाङ्की सङ्ग्रह ‘लासमाथिको मानवता’ माथि नेपाल स्रष्टा समाजले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौ, २०८० चैत २८ । साहित्यकार डा. पुरण राईको नवीन एकाङ्की सङ्ग्रह ‘लासमाथिको मानवता’ माथि नेपाल स्रष्टा समाजले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठले भने “धेरै नाटक लेखिसकेका डा.पुरण राई चिनाउनु पर्ने नाम होइन, आज नाटकमा नै योगदान व्यक्ति, संस्थाबाट नाटकको विशिष्टता गरेकाबाट नै चर्चा गराउन यहाँ भेला भएका छौँ,सबैलाई चिनाउनु पर्ने नाम छैनौं, सबैलाई स्वागत गर्दछु ।”
प्रमुख अतिथि नाटककार अशेष मल्लकाे कथन थियाे- “मैले पढ्न पाएको छैन, सुन्दा सानै सम्बाद रूपमा भए पनि विशेष छ, नाटक लेख्न कठिन छ, त्यो भन्दा मंचन गर्न झन् कठिन छ। दक्षिण एशियामा नै नेपालमा धेरै नाटक एकसाथ चलेका छन् । नेपालमा नाटक प्रति दर्शकको चासो छ। राज्यको चासो नभएको बेला नयाँ युवा लागेका छन् सुखद विषय हो । नाटक नाटक हुन्छ, न पूर्णाङ्की न एकाङ्की हुन्छ ।”
“हरेक क्रियाको प्रतिक्रिया हुन्छ, त्यो प्रतिक्रिया नै नाटक हो, पुरण राईको यो शीर्षक नै आकर्षक छ, लास माथिको मानवता, एकाङ्की भनिए पनि यो पूर्ण नाटक हो । मन्चन गर्न सम्बाद छोटो छोटो हुँदा मन्चन गर्न अलि गार्हो हुन्छ” । नाट्यकर्मी केदार श्रेष्ठले बताए ।
नाटक निर्देशक सुरक्षण भारतीले भने “अहिले नाटक लेखिनु भनेको बाँझो खेतमा सृजना उमार्नु जस्तै हो, अहिले हामी नाटकमा लागेकाहरूले नै नाटक लेख्नु पर्ने बेला, पुरण राईबाट लेखिनु अत्यन्तै राम्रो हो। यथार्थवादी नाटक छ, यो नाटकमा सिनेमा बनाउन सकिनेछ।”
डा. कान्छी महर्जनकाे कथन थियाे “साहित्यिक आयामबाट अन्तरक्रिया गर्दा, अपुरो हुनेछ, आज यहाँ रगकर्ममा लागेकाहरूबाट ।नाटक श्रब्य र दृश्यको मिलन बिन्दु हो। यो सामाजिक यथार्थवादी नाटक हो । कविता, कथालाई मंचमा उतार्न सकिने जमानामा धेरै मल्टीमिडिया प्रयोग गर्नु नपर्ला ।”
लेखक डा पुरण राईले “नाटकमा म शिशु हुँ, उत्साह र उर्जा प्राप्त भएको छ, कविता र आख्यानमा लेख्न नसकिने कुरा नाटकमा लेख्न सकिने रहेछ, आयोजक संस्था र उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गर्दछु” भने ।
मन्चमा राससका सिद्धराज राईको विशेष आतिथ्य रहेकाे थियाे । मधु पाठकले समाजले नाटकमा गरेको यो पहिलो कार्यक्रम हो, सबैलाई धन्यवाद भनेपछि कार्यक्रम समापन भएको थियो ।
कार्यक्रम सञ्चालन समाजका सचिव देविका तिमल्सिनाले गरेका थिए, छोटो मिठो कार्यक्रम १ घन्टा १९ मिनेटमा सकिएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest





































