साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचार विरुद्धकाे अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका पच्चीस उत्कृष्ट छनाेट

प्रतियोगिताको लागि साहित्यकारहरू प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की र पारश नेपाल रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा उत्कृष्ट पच्चीस कविताहरूकाे सूची सार्वजनिक गरिएको हो ।

Nepal Telecom ad

हेम सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता उत्कृष्ट पच्चीस छनाेट गरिएको छ ।

समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गर्नु भएको सो पुरस्कारमा एक लाख राशीसहित सम्मानपत्र रहेको छ ।

प्रतियोगिताका लागि प्राप्त कविताहरूमध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविताहरू सार्वजनिक गरिएको हो । उत्कृष्ट पच्चीस कविताहरूको जुम माध्यमबाट प्रत्यक्ष वाचन पनि गराइनेछ ।

प्रतियोगिताको लागि साहित्यकारहरू प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की र पारश नेपाल रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा उत्कृष्ट पच्चीस कविताहरू सार्वजनिक गरिएको हो ।

उत्कृष्ट २५ कवितामा भ्रष्ट भरिया (महेश चौलागाईं), बढ्नथाल्यो भ्रष्टाचार (विजय थापा), आस्थाको पहाडबाट झरिरहेको अस्तित्व (विवेक दुलाल क्षेत्री), भ्रष्टाचार निवारण चूर्ण (गम्भीर दुवाडी), पुनः एकपल्ट जमिनले बोलाउने छ (मन्दिप बाँस्कोटा), ऊ फेरि सिद्धिने छ (नवचन्द्र ओली), सावधान (रूपा थापा), भ्रष्ट–आचारी (रुद्र अधिकारी), मेरो देशको अनुहार (शङ्कर शर्मा), देशका शत्रु (मदन घिमिरे), उम्रिऊन् बोधिवृक्ष विवेकका (विन्दा पराजुली बराल) परेका छन् ।

त्यसै गरी छनाैटमा परेका अन्य कविताहरूमा भ्रष्टचारीको अन्तिम इच्छा (तोया भट्ट), एक याचना (विश्व कुइकेल), धुर्तलाई समात (संयोग बस्याल), भ्रष्टाचार विरुद्ध (इन्द्रनारायण सुवेदी), कत्ति छुट छैन (प्रज्वल अधिकारी), प्रतिक्षा (मणिकुमार श्रेष्ठ सिजन), भ्रष्टाचार विरुद्ध युवाको अपिल (शरद्शोभा), निष्ठाको कर्मयुद्द (मधुर भट्टराई -गिरिराज भट्टराई ), आह्वान (सुन्दर शिरीष), धर्ती सेतो रहोस् (दीपिन सिजापति), झुपडीका मुठीहरू (निशान निष्कर्ष), बतासको बह (विकल त्यागी), भ्रष्टाचार प्रताडित मातृभूमि (सुमन भट्टराई) र दुस्वप्न (वासु पन्थी ‘देवस्म’) रहेका छन् ।

उत्कृष्ट पच्चीस कविताहरूको वाचन कार्यक्रमकै दिन पुरस्कृत कविको नाम घोषणा गरिनेछ । त्यसपछि काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट पच्चीस कविताको पुस्तक प्रकाशन पनि गरिने हेम सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले जनाउनु भयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x