साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यै वैशाख एक गते

होटलमा खाजा खुवाउँदै अह्राएकै हुन्, हामी भाइबहिनीहरूलाई खाएको कुरा बालाई नभन है मन्दिरमा जुत्ता साटेको पनि आमालाई नभन है, सिनेमा हेरेको पनि घरमा नभन है उहिलेको नयाँ वर्ष, वैशाख १ गते ।

Nepal Telecom ad

बिनुबाबा घिमिरे :

उहिले मनाइएको नयाँ वर्ष
वैशाख एक गते त हो
आमालाइ गाली गर्ने बालाई
मैले सानैमा चडकाएकै हुँ
पिरो अमिलो खान रमाउने आमालाई
वैशाख एक गते नै
पेटमा लातले पड्काएकै हुँ ।

त्यै एक गते हो,
हजुरबाको लास चिहानमै हुँदा
मैले नाच्न कम्मर मर्काएकै हुँ
आमाले बासँग केहि ढाँट्दा
आमाले पानी निल्न नसकी
सर्काएकै हुँ, त्यै वैशाख एक गते ।

दाजु अति पौडी खेल्ने
स्कूलमा फेल भए पनि
पास भएँ भनेर बालाई ढाँटेका हुन् ।
पशुपतिमा थोत्रो जुत्ता लाएर गएर
घर फर्कंदा नयाँ जुत्ता लाएर आएर
खुसी हुँदै अझै धेरै भात खाएकै हुन् ।
त्यै वैशाख एक गते ।

बाको सजायबाट बच्न
पास भएँ भनेर ढाँटेपछि
फि तिर्न बाबाट फेरि पैसा लिएर
हामी भाइबहिनीसँगै यौटा टिकटले
पाँचजनालाई सानेमा हेराएकै हुन्
होटलमा खाजा खुवाउँदै अह्राएकै हुन् ।

हामी भाइबहिनीहरूलाई
खाएको कुरा बालाई नभन है
मन्दिरमा जुत्ता साटेको पनि
आमालाई नभन है,
सिनेमा हेरेको पनि घरमा नभन है
उहिलेको नयाँ वर्ष, वैशाख एक गते ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
बाल्यकालको नयाँ वर्ष

बाल्यकालको नयाँ वर्ष

बिनुबाबा घिमिरे
मस्यौदा तयारी

मस्यौदा तयारी

बिनुबाबा घिमिरे
डष्टविनमा हालेँ

डष्टविनमा हालेँ

बिनुबाबा घिमिरे
काम किन गर्ने ?

काम किन गर्ने ?

बिनुबाबा घिमिरे
बाह्रहाते पुजारी

बाह्रहाते पुजारी

बिनुबाबा घिमिरे
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x