सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भक्तपुरमा एकैसाथ तीन कृति लाेकार्पण

तीनवटै कृति पूर्व कुलपति वैरागी काइँला लगायतले कृति लोकार्पण गर्नुभयो । कृति लोकार्पण गर्नुहुँदै पूर्वकुलपति काइँलाले तीनै सर्जकको कृतिले नेपाली वाङ्मय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

Nepal Telecom ad

भक्तपुर, वैशाख १ गते/ वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःकृत ‘संस्कृतिका आयाम’ निबन्ध सङ्ग्रह नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीकृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरू’ निबन्ध सङ्ग्रह र जितेन्द्र रसिक कृत ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) सहित तीन साहित्यिक कृतिको लोकार्पण गरिएको छ ।

भक्तपुरमा आयोजित लोकार्पण कार्यक्रममा पूर्व कुलपति वैरागी काइँला लगायतले कृति लोकार्पण गर्नुभयो ।

कृति लोकार्पण गर्नुहुँदै पूर्वकुलपति काइँलाले तीनै सर्जकको कृतिले नेपाली वाङ्मय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । ‘संस्कृतिका आयाम’ निबन्ध सङ्ग्रहका लेखक तथा वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःले लेखन र जीवनको अर्थबोध बारे प्रकाश पार्नुभयो ।

‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरू’ निबन्ध सङ्ग्रहका लेखक तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले अब आफू निरन्तर लेखनमा सक्रिय हुने र चाँडै आफ्नो जेल जीवनको संस्मरण तयार गर्ने बताउनुभयो ।

‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) का लेखक जितेन्द्र रसिकले तेजेश्वरबाबु ग्वंगः अधिक चेतनाको खानी भएको र जीवनी कृति युगको एक दस्ताबेज भएको बताउनुभयो ।

तीनै जना सर्जकको कृतिको समीक्षा डा. गीता त्रिपाठी, साहित्यकार गोपीकृष्ण ढुङ्गाना र प्रा.डा. कुमार कोइरालाले गर्नुभएकाे थियो ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad