सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

इटहरीमा पर्यावरणीय साहित्यिक कार्यक्रम सम्पन्न

सगरमाथा साहित्य प्रतिष्ठान काेशी प्रदेशकाे आयाेजनामा भएकाे सृष्टि, स्रष्टा र सिर्जना कार्यक्रमकाे प्रमुख अतिथि प्रा डा गाेविन्दराज भट्टराईले बाह्रमासे आँपकाे बिरुवा राेपेर त्यसमा पानी हालेर उद्घाटन गर्नु भएकाे छ ।

Nepal Telecom ad

विराटनगर, २०८१ वैशाख ३ । नेपाली भाषा साहित्यकाे संरक्षण, सम्वर्द्धन र विकासका लागि हाम्राे अभियान मूलनाराका साथ पर्यावरणीय साहित्यिक कार्यक्रम सम्पन्न भएकाे छ ।

सगरमाथा साहित्य प्रतिष्ठान काेशी प्रदेशकाे आयाेजनामा भएकाे सृष्टि, स्रष्टा र सिर्जना कार्यक्रमकाे प्रमुख अतिथि प्रा डा गाेविन्दराज भट्टराईले बाह्रमासे आँपकाे बिरुवा राेपेर त्यसमा पानी हालेर उद्घाटन गर्नु भएकाे छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रा डा गाेविन्दराज भट्टराईले दाेश्राे विश्वयुद्ध सन १९४५ पश्चात् पश्चिमा देशबाट शुरु भएकाे र अध्यात्म, प्रकृति पर्यावरणका बारेमा लेख्न थालिएकाे बताउँदै साहित्य लेखनकाे विषय पर्यावरण सम्बन्धीलाई प्राथमिकता दिएर लेखनलाई अघि बढाउनु महत्वपूर्ण रहेकाे बताउनु भयाे ।

मानवले आफ्नाे शत्रुका रुपमा रहेकाे किटपतङ्गलाई मार्न प्रयाेग गर्ने विषादीले मानवलाई ने असर गरिरहेकाेले विषादी प्रयाेग नगरी दिन र वातावरण स्वच्छ सफा भएमा हामी नै सुरक्षित हुने र हामी सुरक्षित भएमा समाज राष्ट्र नै सुरक्षित हुने बताउनु भयाे ।

कार्यक्रममा माेहन तिम्सिनाले पर्यावरण र साहित्यका बारेमा बाेल्नु भएकाे थियाे भने विवेक दुलाल क्षेत्रीले सगरमाथा साहित्य प्रतिष्ठानकाे स्थापना गर्दाका दिनहरुकाे बारेमारयस संस्थाले गरेकाे क्रियाकलापका बारेमा, डा अस्मिता विष्टले नेपाली साहित्यमा पर्यावरणीय प्रभावका र पर्यावरणीय साहित्यका बारेमा परिचर्चा गर्नु भएकाे थियाे । डा विष्टले नारीका समस्याका बारेमा पनि लेखक साहित्यकारहरुले लेख्नु पर्ने धारणा राख्नु भयाे ।

साे कार्यक्रममा डा रामजी तिम्सिनाले प्रकृतिलाई कलासँग जाेडेर वा साहित्यसँग जाेडेर कार्यक्रम गर्नु पर्यावरण जाेगाउनु हाे र प्राकृतिक वातावरण जाेगाउन यस्ताे कार्यक्रम निरन्तर भैरहनु पर्ने बताउनु भयाे । पर्यावरण जाेगाउन इटहरी मेट्रिक्समा पाँचसय वढी बाेट बिरुवा राेपिएकाे र काेही नयाँ मानिस वा अतिथि आउँदा थप नयाँ बिरुवा राेप्ने चलन रहेका डा तिन्सिनाले बताउनु भयाे ।

साे कार्यक्रममा किरात मुन्धुम, पर्यावरण र साहित्यका बारेमा उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष तथा त्रियुगा जनता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा कैलाशकुमार राईले आफ्नाे धारणा राख्नु भएकाे थियाे । डा राईले मुन्धुममा प्रकृतिवादलाई मानिने र प्रकृति पुजामा विश्वास गर्ने हुँदा साहित्यमा यसकाे प्रभाव रहेकाे बताउनु भयाे । किरातहरुले प्रकृति र वनस्पति नै पुज्ने र देवताकै रुपमा मान्ने गरेकाे हुँदा मुन्धुनमा पर्यावरणकाे महत्व ठुलाे रहेकाे बताउनु भयाे ।

कार्यक्रममा सगरमाथा साहित्य प्रतिष्ठानका जिपि तिवारीले कार्यक्रमकाे आैचित्यका बारेमा प्रकाश पार्नु भएकाे थियाे ।

किशाेर काेइराला,गाेपाल देवान (अविराम क्रान्ति) चन्द्र गुरुङ, भरत गुरागाई बर्बरिक, माधव पाेखरेल गाेज्याङ्ग्रे, गायत्री लम्साल, राज आशादीप, राेहिणी रसिक, प्रिन्स प्रमाेद ढकाल , टीका आत्रेय र चन्द्र सम्हाङ हाेम प्रसाद गाैतम लगायतकाले पर्यावरणीय कविता वाचन गरेका थिए ।

कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठानका काेशी प्रदेश अध्यक्ष मिश्रमाया गुरुङकाेअध्यक्षता र महासचिव अभिमन्यु अभिजितकाे संचालनमा भएकाे थियाे ।

०००
– माधव पाेखरेल गाेज्याङ्ग्रेद्वारा संप्रेषित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad